menu bar

Saturday, January 23, 2016

मृत्युपश्चात् पुनरुत्थानअगि येशू कहाँ जानुभयो ?



क्रूसमा टाँगिएका दुई जना अपराधीहरूमध्ये पश्चात्ताप गर्नेचाहिँलाई येशूले प्रतिज्ञा गर्नुभयो, “साँच्चै तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) यसको अर्थ हुन्छ कि येशू मर्नुभएको त्यस शुक्रबार उहाँ स्वर्गलोकमा जानुभएको थियो तर प्रश्न यो हो: त्यस बेला स्वर्गलोक कहाँ थियो

पुरानो करारमा मरेकाहरूको वासस्थानलाई उल्लेख गर्न हिब्रू शब्द सिओल (ग्रिकमा हेदिस) को प्रयोग गरिएको जसलाई नेपाली बाइबलमा धेरै पटक चिहान भनी अनुवाद गरिएको यो आत्माहरूको राज्य थियो यो एउटा अस्थायी वासस्थान थियो उद्धार पाएका नपाएका दुवै थरीका मानिसहरू मरेपछि यहीँ जान्थे आदमको समयदेखि येशूको स्वर्गारोहणसम्म सिओल दुई ओटा भागमा विभाजित थियो: आनन्दको स्थान पीडाको स्थान धर्मीहरू आनन्दको स्थानमा जान्थे भने अधर्मीहरू पीडाको स्थानमा धर्मीहरूको स्थानलाईअब्राहामको काख” (लूका १६:२२ नेपाली बाइबलमाअब्राहामको सँग”) वास्वर्गलोक” (लूका २३:४३) पनि भनिन्छ यी दुई ओटा क्षेत्रको बिचमाअति गहिरो धाँदोथियो (लूका १६:२६) येशूको भनाइअनुसार यो ठाउँ पृथ्वीको गर्भमा पथ्र्यो (मत्ती १२:४०)

तर जब येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभयो उहाँले हेदिसको माथिल्लो भागलाई स्वर्गमा लैजानुभयो भनी एफिसी :१० ले अङ्कित गर्छ यसरी अहिले हेदिसको माथिल्लो भाग खाली मण्डली युग अर्थात् वर्तमान समयमा कोही विश्वासी मर्छ भने पुरानो करारका सन्तहरूको विपरीत सिधै प्रभुकहाँ अर्थात् तेस्रो स्वर्गमा जान्छ (फिलिप्पी :२३) अहिले मर्ने गैरख्रीष्टियानहरू अझै हेदिसको तल्लो भागमा नै जान्छन् बाइबलले हामीलाई हेदिसको तल्लो भागमा कुनै परिवर्तन आएको सङ्केत दिँदैन

निष्कर्षमा, मृत्युपश्चात् पुनरुत्थानअगि येशू स्वर्गलोकमा जानुभयो येशूको स्वर्गारोहणअगि स्वर्गलोक स्वर्ग फरकफरक ठाउँहरू थिए तर उहाँ स्वर्गारोहण हुनुहुँदा उहाँले स्वर्गलोकलाई तेस्रो स्वर्गमा लिएर जानुभयो वर्तमान समयमा मर्ने विश्वासीको आत्मा सिधै तेस्रो स्वर्गमा जान्छ भने अविश्वासीको आत्मा अझै पनि हेदिसको तल्लो भागमा नै जान्छ    

Leave Your Comments Here.