मेनो
सिमोन्सलाई चिन्नु खतरनाक हुन्थ्यो
भने तिनीसित मित्रता
गाँस्नु घातक हुन्थ्यो
। मेनोलाई आश्रय
दिएकाले टिजार्ड रेन्डर्सलाई दण्ड
दिइएको थियो भने
तिनलाई म्युज खोला
पार गराएकाले एक
जना माझीलाई मृत्युदण्ड
दिइएको थियो ।
निस्सन्देह, केहीको दृष्टिमा मेनो
अपराधी नै बनेका
थिए । तर
तिनको अपराध के
थियो ? यही कि
तिनले आफ्ना छिमेकीहरूले
भन्दा फरक किसिमले
धर्मशास्त्रको अर्थ खोले
। आफ्ना गतिविधिहरूलाई
बुझ्ने उमेरसम्म आइपुगेको व्यक्तिलाई
मात्र बप्तिस्मा दिइनुपर्छ
र कामद्वारा प्रकट
नभएसम्म विश्वास व्यर्थ हुन्छ
भन्ने तिनको विश्वास
रहेको थियो ।
यी विश्वासको कारणले
गर्दा तिनको टाउकोको
मूल्य तोकियो ।
तिनले युरोपमा लुकिछीपि
जीवन बिताउनुपरेको थियो
।
मेनो
सिमोन्स नेदरल्यान्डका सुधारवादी थिए ।
तिनी अन्ना बप्तिस
नामक धार्मिक समुदायका
अगुवा थिए ।
तिनी सुधारवादीहरूका समकालिक
थिए र तिनका
अनुयायीहरू मेनोनाइटहरू भनेर चिनिए
।
मेनो
सिमोन्सको जन्म ख्रीष्टाब्द
१४९६ मा तत्कालीन
पवित्र
रोमी
साम्रज्यको फ्रिसल्यान्ड
(वर्तमान नेदरल्यान्डको उत्तर–पश्चिममा पर्ने
प्रान्त) मा भएको
थियो । तिनको
बाल्यावस्था र परिवारबारे
हामीलाई थोरै मात्र
थाहा छ । तिनी गरिब
कृषक वातावरणमा हुर्केका
थिए । युद्धले
क्षत विक्षत भएको
देशमा हुर्केका थिए
सिमोन्स ।
सिमोन्सले
ल्याटिन र केही
ग्रिक सिके र
पादरी बन्ने तालिम
लिँदा तिनले ल्याटिन
मण्डली पिताहरूका बारेमा पढ्ने
मौका पाएका थिए
। तालिम लिँदा
वा त्यसभन्दा पहिले
तिनले कहिल्यै बाइबल
पढेका थिएनन् ।
जीवनको पछिल्लो घडीमा तिनले
आफूले तालिम लिएको
समयको सम्झना गरी
तिनले आफूलाई मूर्ख
भनेका छन् ।
ख्रीष्टाब्द
१५१५ मा तिनी
रोमन क्याथोलिक पादरी
बने । केही
वर्ष बितेपछि रोमन
क्याथोलिकहरूले अभ्यास गर्दै आएका
केही अभ्यासहरूले तिनलाई
बेचैन बनाए ।
त्यसैले तिनले गम्भीर रूपमा
आफै धर्मशास्त्र अध्ययन
गर्न थाले ।
प्रभु–भोज, शिशु
बप्तिस्मासाथै मण्डलीका अन्य सिद्धान्तहरूको
विषयमा क्याथोलिकहरूले दिएको शिक्षाप्रति तिनमा
आशङ्का उत्पन्न भयो ।
परिणामत: तिनले नयाँ करार
र सुधारवादी मार्टिन
लुथरका रचनाहरूलाई ध्यान दिएर
अध्ययन गरे ।
अध्ययनले तिनलाई भिन्नै निष्कर्षमा
पुर्यायो
।
बाइबल
नै ख्रीष्टियानहरूको सर्वोच्च
अधिकार हुनुपर्छ भन्ने लुथरको
निष्कर्षसित तिनी बिस्तारै–बिस्तारै सहमत भए
र १५३६ मा
सिमोन्सले क्याथोलिक मण्डली र
पूजाहारीगिरीको अवधारणालाई इन्कार गरे
र तिनी अन्ना
बप्तिस नाम गरेको
ख्रीष्टियान समुदायसित मिल्न गए
। तिनी चाँडै
नै प्रभावशाली व्यक्तिको
रूपमा उदाए ।
सिमोन्सले
हिंसाको मार्ग अपनाउने क्रान्तिकारी
अन्ना बप्तिसहरूको विरोध
गरे तापनि तिनले
तिनीहरूलाई सहयोग गर्न खोजेकाले
तिनी गिरफ्तारको खतरामा
परे । त्यसैले,
तिनले झण्डै एक
वर्ष लुकिछीपि जीवन
बिताउनुपर्यो
।
सिमोन्सले
गेर्चुड नाम गरेकी
स्त्रीसित बिहे गरे
र तिनीहरूले कम्तीमा
पनि तिन जना
सन्तानलाई जन्म दिएका
थिए: दुई छोरी
र एक छोरा
।
सिमोन्सले
कट्टरवादी ख्रीष्टियान विश्वासलाई अङ्गाल्थे
। येशू ख्रीष्टको
ईश्वरत्वमाथि तिनको विश्वास रहेको
थियो । तिनले
ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई मात्रै
बप्तिस्मा दिन्थे ।
३१
जनवरी १५६१ मा
सिमोन्सको निधन भयो
।