ख्रीष्टाब्द
२००५ मा इस्राएलको
मगिद्दोमा एउटा प्राचीन
मण्डलीको भुइँ पत्ता
लाग्यो जुन एक्काइसौँ
शताब्दीकै एउटा विस्मयकारी
पुरातात्त्विक खोज साबित
भयो । मगिद्दोस्थित
झ्यालखानाको आकार बढाउनको
लागि पुरातत्त्वविद्हरू कैदीहरूसँगै मिलेर
खन्ने क्रममा अकस्मात्
फेला पारिएको यस
भुइँको क्षेत्रफल ५१२ वर्ग
फिट रहेको छ
। थप उत्खनन
गर्दा अन्य थुप्रै
शिलालेखहरू फेला पारिए
जसमध्ये एउटा शिलालेख
अत्यधिक महत्त्वपूर्ण छ जसमा
येशूलाई “परमेश्वर येशू ख्रीष्ट”
भनिएको छ ।
यो शिलालेखलाई ख्रीष्टाब्द
तेस्रो शताब्दीको मिति दिइएको
छ जसको अर्थ
हुन्छ कि यो
लगभग १,७००
वर्ष पुरानो लेखोट
हो ।
ख्रीष्टाब्द
३१३ भन्दा पहिले
ख्रीष्टियान बन्नु गैरकानुनी थियो
। रोमी साम्राज्यले
ख्रीष्टियानहरूलाई खुल्लमखुल्ला आराधना गर्न र
आफ्नो विश्वासको अभ्यास
गर्न निषेध गरेको
थियो । ख्रीष्टियानहरूले
लुकीछिपी येशूलाई परमेश्वरको रूपमा
आराधना चढाउने गर्थे ।
आदि
मण्डलीले येशूलाई परमेश्वरको रूपमा
पुजेका थिए र
यो पछिल्लो आविष्कार
होइन भनी यस
खोजले पुष्टि गरेको
छ । इस्राएलका
सिमानाहरू र भूमध्यसागर
वरिपरिका क्षेत्रहरूमा ख्रीष्टियान विश्वास फैलिसकेको
थियो र यसलाई
स्वीकार गरिएको थियो भनेर
पनि यस आविष्कारले
प्रमाणित गर्दछ ।