तिनको
नाउँ हो, झाङ्ग
बोली । तिनी
ख्रीष्टाब्द १९५९ मा
छिमेकी मुलुक चीनमा जन्मेका
थिए । तिन
वर्षको कलेज जीवन
सिद्याएपछि तिनले पत्रकारको रूपमा
काम गर्न थाले
। तिनले विभिन्न
पुरस्कारहरू पनि जितेका
छन् ।
ख्रीष्टाब्द
१९८९ मा बोली
विद्यार्थीहरूद्वारा नेतृत्व गरिएको एउटा
अभियानमा सामेल भए ।
आन्दोलनसँग जोडिएको भोक हडतालको
प्रबन्ध गर्न तिनले
उल्लेखनीय भूमिका निभाए ।
सरकारी दृष्टिकोणबाट त्यो अभियान
कुनै न कुनै
रूपमा सरकारको विरुद्धमा
भएकोले आन्दोलन हाँक्ने बोलीलगायत
२१ जना अगुवाहरूको
खोजी हुन थाल्यो
। चिनियाँ सरकारले
तिनीहरूलाई “मोस्ट वान्टेड” को
सूचीमा राख्यो जसमा बोली
सत्रौँ नम्बरमा थिए ।
यस्तो
कठिन परिस्थितिमा बोलीले
भगुवा जीवन बिताए
र अन्त्यमा तिनी
अमेरिका पुगे ।
१९९५
को ख्रीष्टमसको समयमा
बोलीले परमेश्वरको बोलावटको महसुस
गरे अनि तिनी
एउटा बाइबल कलेजमा
भर्ना भए ।
त्यस बेलादेखि तिनले
प्रभु येशूको प्रचार
गर्ने निधो गरेका
छन् । १९९९
मा तिनी पास्टर
बने र हाल
६७ वर्षका यी
पाका पास्टर परमेश्वरको
बोलावटप्रति विश्वसनीय छन् ।
चिनियाँ मण्डलीहरू, एसियाका दक्षिण–पूर्वमा रहेका क्षेत्रहरूसाथै
उत्तर अमेरिकामा तिनी
परिचित वक्ता हुन् ।
तिनी एस्केप फ्रम
चाइना
नामक पुस्तकका लेखक
पनि हुन् ।