एक
दिनको कुरो हो
। एक जना
जवान केटो यात्रा
गर्ने क्रममा एउटा
गाउँमा आइपुगे । तिनले
त्यस गाउँको एउटा
धर्मशालामा रात बिताउनुपर्ने
भयो । तिनको
लागि एउटै मात्र
खाली कोठा बाँकी
थियो जुन कोठा
मर्नै लागेको बिरामी
बसेको कोठासित जोडिएको
थियो ।
ती
मर्नै लागेका मानिस
रातभरि छटपटिएका थिए ।
तिनको क्रन्दन ती
जवान मानिसको कानमा
परेको थियो जसले
गर्दा तिनी पनि
निदाउन सकेनन् । जवान
मानिसले सोच्न लागे, “के
यी मानिस मृत्युको
लागि तयार छन्
त ?” जवान मानिसको
दर्शनशास्त्रले मृत्यु केही होइन
भनी तिनलाई सिकाएको
थियो । तिनको
बुझाइमा यो केवल
रित्तो खाडलभित्र पुर्याउने ढोका थियो
।
भोलीपल्ट
बिहान ती जवान
मानिस उठे अनि
ती बिरामीको बारेमा
सोधखोज गर्दा तिनले पाएको
जवाफ यही थियो,
“तिनी मरे ।”
ती
मर्ने व्यक्ति को
रहेछन् भनी जवान
केटोले जान्न चाहे ।
त्यसैले तिनले धर्मशालाको कर्मचारीलाई
सोधे, “तिनी को
हुन् तपाईंलाई थाहा
छ ?”
ती
केटोले जुन जवाफ
पाए त्यसले तिनलाई
झण्डै बेहोस पार्यो,
“म तिनलाई चिन्छु
। तिनी प्रोभिडेन्स
कलेजका विद्यार्थी हुन् र
तिनको नाउँ जेकब
इमेस हो ।”
जेकब
इमेस जवान मानिसका
घनिष्ठ मित्र थिए जसका
तर्कहरूबाट प्रभावित भई ती
जवान मानिस आफ्नो
ख्रीष्टियान विश्वासबाट तर्केर गएका थिए
। आफ्नो साथीको
मृत्युले तिनको ह्दयमा ठुलो
चोट पुर्यायो र
तिनी पछि ख्रीष्टियान
विश्वासतर्फ नै फर्के
। ती जवान मानिस
अरू कोही नभएर
अदोनिराम जडसन थिए
।
अठारौँ
शताब्दीको उत्तराद्र्धमा अमेरिकामा जन्मेका अदोनिराम
जडसन बर्मामा मिसनरी
भएर गएका थिए
जहाँ तिनले झण्डै
४० वर्ष बिताए
। तिनी नै
बर्मेली भाषामा बाइबल अनुवाद
गर्ने प्रथम व्यक्ति
हुन् ।