ख्रीष्टाब्द
६६ मा प्यालेसटाइनका
यहूदीहरूले रोमी शासनको
विरुद्धमा विद्रोह गरे ।
त्यस बेला प्यालेसटाइन
रोमको उपनिवेश थियो
। विद्रोहीहरूलाई दबाउन
रोमी सम्राट् नेरोले
सेनापति भेस्पासियनको नेतृत्वमा सेनाको एउटा
टोली त्यहाँ पठाए
। ख्रीष्टाब्द ६७
मा भेस्पासियनले विद्रोह
भइरहेको क्षेत्र गालीलको योतापातालाई
घेरे । यस्तो
अवस्थामा रोमी अधिकारीहरूसामु
आत्मसमर्पण गर्नुभन्दा बरु प्यालेसटाइनका
बासिन्दाहरूले साधारत: आत्महत्या गर्थे
। कैयौँ विद्रोहीहरूले
त्यसै गरे ।
तर घेराबन्दीको सतचालिसौँ
दिनमा एक जना
यहूदी विद्रोहीले रोमी
सेनाको सामु आत्मसर्पण
गरे । तिनले
भेस्पासियनको अनुग्रह पाए र
भेस्पासियनका छोरा सेनापति
तीतसद्वारा पछि तिनलाई
रोममा लगियो ।
आत्पसमर्पण गर्ने ती जवान
व्यक्ति अरू कोही
नभएर फ्लाभिअस योसिफस
(करिब ३७–१००)
थिए जो अन्त्यमा
तत्कालीन समयको महानतम यहूदी
इतिहासकार बने ।
योसिफसका
चर्चित कृतिहरूमध्ये यहूदी पुराना
समयहरू
एउटा हो ।
तिनले यसमा सृष्टिदेखि
तिनको समयसम्मको यहूदी
इतिहासलाई वर्णन गरेका छन्
। करिब ख्रीष्टाब्द
९३ मा यो
कृतिले पूर्णता पाएको थियो
। यही कृतिमा
तिनले ख्रीष्टियमतका संस्थापक
येशूको बारेमा उल्लेख गरेका
छन्, “लगभग यसै
समयतिर येशू नाउँका
एक जना बुद्धिमान्
मानिस थिए ।
तिनलाई
मानिस
भन्न
हुन्छ
कि
हुँदैन,
किनकि तिनी अचम्मका
कामहरू गर्ने व्यक्तिसाथै सत्यतालाई
खुसीसाथ स्वीकार गर्ने मानिसहरूका
शिक्षक थिए ।
तिनले धेरै यहूदीसाथै
अन्यजातिहरूलाई आफूकहाँ आकर्षित गरे
। तिनी ख्रीष्ट
थिए
। हाम्रा बिचमा
भएका प्रतिष्ठित मानिसहरूको
सल्लाहमा पिलातसले तिनलाई क्रूसमा
टाँग्ने आज्ञा दिए तापनि
तिनलाई प्रेम गर्नेहरूले सुरुमा
तिनलाई त्यागेनन् । तेस्रो दिनमा तिनी
फेरि
तिनीहरूकहाँ
जीवितै
देखा
परे
।
किनभने
परमेश्वरका
अगमवक्ताहरूले
तिनको
बारेमा
यीलगायत
अन्य
असङ्ख्य
अद्भूत
अगमवाणीहरू
बोलेका
थिए
।
र, तिनको नाउँबाट उदय
भएको ख्रीष्टियान जाति
आजको दिनसम्म लोप
भएको छैन ।”