पाँच
वर्षको उमेरमा तिनले आफ्ना
पिता गुमाए ।
पिताको हेरचाह नपाएपछि तिनी
खराब साथीहरूको सङ्गतमा
पुगे । एक
दिन ती अल्लारे
ठिटाहरूले एक जना
मातेकी छोरी मान्छेलाई
छेडछाड गरे ।
बुबा गुमाउने ती
किशोरलाई औँलाले देखाउँदै ती
स्त्रीले भनिन्, “आफ्ना छोराछोरी
र नाति नातिना
देख्ने उमेरसम्म तिमी बाँच्नेछौँ
।” त्यस भनाइले
ती किशोरको कोमल
ह्दयमा प्रहार गर्यो ।
तिनले
सोचे, “यदि म
मेरा छोराछोरी र
नाति नातिना देख्ने
उमेरसम्म बाँच्छु भने मैले
मेरो जिउने शैलीलाई
बदल्नुपर्छ । म
अहिले जसरी बाँचिरहेको
छु यो शैलीलाई
म निरन्तरता दिन
सक्दिनँ ।”
ती
किशोर त्यस समयका
नामुद प्रचारक जर्ज
ह्वाइटफिल्डको वचन सुन्न
गए । प्रचारकले
मत्ती ३:७ बाट प्रचार
गरेका थिए, “सर्पका
बच्चा हो, आउन
लागेको क्रोधबाट भाग्न कसले
तिमीहरूलाई चेताउनी दिने ?” ठिटो
भयभीत भए र
आफूले गरेका पापहरूसित
मुकाबिला गर्दै तिनले अरू
तिन वर्ष बिताए
।
अन्त्यमा
२० वर्षको उमेरमा
तिनले परमेश्वरबाट शान्तिको
महसुस गरे ।
ती ठिटाको नाउँ
हो, रोबर्ट रोबिन्सन
।
ख्रीष्टाब्द
१७३५ मा इङ्गल्यान्डमा
जन्मेका रोबर्ट प्रभावशाली बाइबल
विद्वान् बने ।
तिनले २२ वर्षको
उमेरमा एउटा भजन
(ख्रीष्टीय
भजन
नम्बर ८३) लेखेका
थिए जुन निकै
लोकप्रिय भयो ।