प्रार्थना
तपाईं र परमेश्वरबिच
हुने दुई जनाको
बातचित हो ।
बिल्ली ग्राहम,
सर्वश्रेष्ठ
प्रचारक
प्रार्थना
भनेको मान्छेको इच्छालाई
स्वर्गमा कार्यान्वयन गराउनु होइन,
तर परमेश्वरको इच्छालाई
पृथ्वीमा कार्यान्वयन गराउनु हो
। यो परमेश्वरको
अरुचिमाथि विजय हासिल
गर्नु होइन, तर
परमेश्वरको तत्परतालाई समात्नु हो
।
रिचार्ड सी.
ट्रेन्च,
प्रधान
बिशप
प्रार्थनाले
परमेश्वरलाई बदल्दैन तर यसले
प्रार्थना गर्नेलाई बदल्छ ।
सोरेन किर्केगार्ड,
दार्शनिक,
ईश्वरशास्त्री,
कवि
हामीले
“हे प्रभु, तपाईंको
राज्य आओस्” भनेर
प्रार्थना गर्नुअगि “मेरो राज्य
जाओस्” भनेर प्रार्थना
गर्न हामी इच्छुक
हुनुपर्छ ।
अलान रेडपथ,
सुसमाचार
प्रचारक,
पास्टरसाथै
लेखक
जहाँ
प्रार्थना हुन्छ त्यहाँ काम
हुन्छ ।
जोन वेस्ली,
ईश्वरशास्त्री,
लेखकसाथै
अगुवा
साँचो
प्रार्थना वजनद्वारा नापिन्छ, लमाइद्वारा
होइन । परमेश्वरको
सामु व्यक्त एउटा
क्रन्दनमा लामो सुन्दर
भाषणमा भन्दा बेसी प्रार्थनाको
भरिपूर्णता हुन सक्छ
।
सी. एच.
स्परजिन,
प्रचारक,
पास्टरसाथै
लेखक
परमेश्वरको
वचन भोजन हो
जसद्वारा प्रार्थनालाई हुर्काइन्छ अनि मजबुत
पारिन्छ ।
ई. एम.
बाउन्स,
अधिवक्ता,
लेखकसाथै
अगुवा
प्रार्थना
परमेश्वरसित गरिने बातचित हो
। यसलाई कानेखुसी
गरेर वा लयमा
वा लेखेर व्यक्त
गर्न सकिन्छ ।
... यसलाई जसरी व्यक्त
गरिए तापनि यो
कहिल्यै व्यर्थमा जाँदैन ।
डोन्ना विल्क
कार्डिलो,
वक्तासाथै
अगुवा
प्रार्थनाको
लागि जिब्रोभन्दा ह्दयको
बेसी खाँचो पर्दछ
।
आदम क्लार्क,
ईश्वरशास्त्रीसाथै
बाइबलीय
विद्वान्
जब
प्रार्थनाहरू माथि जान्छन्
तब आशिष्हरू तल
झर्छन् ।
अज्ञात
सम्भवत:
“हामीलाई आज हाम्रो
दैनिक भोजन दिनुहोस्”
भन्ने वाक्य अङ्ग्रेजी
भाषामा सबैभन्दा सिद्ध रूपमा
रचित र सबैभन्दा
उपयोगी वाक्य हो ।
पी. जे.
विङ्गेट,
लेखक
सङ्कष्ट
र उल्झनले मलाई
प्रार्थनामा लैजान्छन् र प्रार्थनाले
सङ्कष्ट र उल्झनलाई
हटाउँछ ।
फिलिप मेलाङ्थेन,
सुधारवादी,
ईश्वरशास्त्रीसाथै
प्राध्यापक
नियमित
प्रार्थनाको मूल्य भनेको उहाँले
हाम्रो आवाजलाई सुन्नुहुनेछ भन्ने
होइन तर हामीले
उहाँको आवाजलाई सुन्छौँ भन्ने
हो ।
विलियम म्याकगिल
हामीले
हाम्रा आँखा परमेश्वरमा
लगाएर प्रार्थना गर्नुपर्छ,
कठिनाइहरूमा लगाएर होइन ।
ओसवाल्ड च्याम्बर्स,
सुसमाचार
प्रचारकसाथै
शिक्षक
प्रभुको
प्रार्थनालाई छिट्टै कण्ठस्थ गर्न
सकिन्छ होला तर
ह्दयले यसलाई बिस्तारै सिक्दछ
।
फ्रेडरिक डेन्सन
माउरिस,
ईश्वरशास्त्री,
लेखकसाथै
समाजशास्त्री
Leave Your Comments Here.