अब्राहाम
लिङ्कन अमेरिकाका सोर्हौँ राष्ट्रपति
थिए । तिनले
राज्यको एकता कायम
राख्न उल्लेखनीय भूमिका
निभाए; दास प्रथालाई
उन्मूलन गरे; सङ्घीय
राज्यलाई मजबुत पारे र
अर्थतन्त्रलाई आधुनिकीकरण गरे ।
ख्रीष्टाब्द
१८०९ मा अमेरिकामा
जन्मेका लिङ्कन ख्रीष्टियान परिवारमा
हुर्केका थिए ।
तिनले येशू ख्रीष्टमाथि
विश्वास गर्थे र आफ्ना
भाषणहरूमा तिनले बारम्बार परमेश्वरको
उल्लेख गर्थे र बाइबल
धर्मशास्त्रबाट उद्धृत गर्थे ।
ख्रीष्टाब्द १८६३ मा
तिनले दिएको भाषण
यस्तो थियो:
हामी
स्वर्गका श्रेष्ठतम सीमाहरूका प्रापकहरू
भएका छौँ; यी
मनग्गे वर्षहरूमा हामी शान्ति
र उन्नतिमा जोगिएका
छौँ; हामी सङ्ख्या,
सम्पत्ति, र शक्तिमा
बढेका छौँ जसरी
अन्य कुनै राष्ट्र
बढेको छैन ।
तर हामीले परमेश्वरलाई
भुलेका छौँ ।
हामीलाई शान्तिमा राख्ने, गुणात्मक
वृद्धि गर्ने, सम्पन्न तुल्याउने
र मजबुत तुल्याउने
अनुग्रही हातलाई हामीले भुलेका
छौँ । यी
सबै आशिष्हरू हाम्रा
आफ्नै वरिष्ठ बुद्धि
र सद्गुणद्वारा उत्पादन
गरिएका हुन् भनी
हामीले हाम्रा ह्दयको छल
कपटमा व्यर्थैमा कल्पना
गरेका छौँ ।
अटुट सफलताले मातेर
हामी यति धेरै
आत्मनिर्भर भएका छौँ
कि छुटकारा दिने
र बचाउने अनुग्रहको
खाँचोलाई हामी महसुस
गर्दैनौँ; यति धेरै
घमण्डी भएका छौँ
कि हामीलाई बनाउनुहुने
परमेश्वरलाई हामी प्रार्थना
चढाउँदैनौँ ।