२
शमूएल १४:२७
को विवरणअनुसार अब्शालोमका
तिन जना छोरा
थिए, “अब्शालोमका तीन
छोरा र तामार
नाउँ भएकी एउटी
छोरी जन्मेका थिए
। तामार एक
अत्यन्त सुन्दरी स्त्री थिइन्
।” तर २
शमूएल १८:१८
मा लेखिएको छ,
“आफू जिउँदो हुँदा
अब्शालोमले राजाको बेँसीमा एउटा
खामो लगेर खडा
गरेका थिए, किनभने
तिनी सोच्थे, ‘मेरो
नाउँ राख्नलाई मेरो
छोरो छैन ।’
तिनले त्यस खामोलाई
आफ्नै नाउँ दिए,
अनि आजको दिनसम्म
त्यस खामोलाई अब्शालोमको
स्मारक भनिन्छ ।” तब
प्रश्न यो हो
कि अब्शालोमका तिन
छोरा थिए वा
एउटै पनि थिएन
। बाइबलका आलोचकहरूले
भनेझैँ के यो
बाइबलमा उल्लिखित प्रस्ट अन्तर्विरोध
हो त ?
अब्शालोम
इस्राएलका राजा दाऊदका
साहिँला छोरा थिए
। तिनी गशूरका
राजा तल्मैकी छोरी
माकाबाट जन्मेका थिए (२
शमूएल ३:३)
। सुन्दरताको लागि
तिनी आफ्नो राज्यमा
परिचित थिए, “सुन्दरतामा सारा
इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको
योग्य कोही थिएन”
(२ शमूएल १४:२५) ।
दुवै
खण्ड (२ शमूएल
१४:२७ र
२ शमूएल १८:१८) पूर्णत:
सही छन् ।
१४:२७ मा
अब्शालोमकी छोरी (तामार) को
नाउँ उल्लेख गरिएको
छ तर छोराहरूका
नाउँ उल्लेख नगरिनु
विचारणीय कुरो हो
। छोराहरूको नाउँ
अभिलिखित नगरिनुको एउटा कारण
तिनीहरू बाल्यावस्थामा नै मरेको
हुनुपर्छ । आफ्नो
नाउँ राख्ने अब्शालोमको
कुनै छोरो जिउँदो
नभएकोले तिनले खामो खडा
गरेका थिए ।
तब यो प्रस्ट
छ कि तिनै
जना छोरालाई बाल्यावस्थामा
नै गुमाउनु परेकोले
र तिनकी पत्नीले
पुन: छोरो जन्माउन
नसक्ने भएकीले तिनले आफ्नो
नाउँ राख्ने स्मारक
बनाएका थिए ।
निष्कर्षमा,
अब्शालोमका तिन जना छोराहरू
थिए । तिनीहरू
बाल्यावस्थामा मरेकाले तिनीहरूका नाउँ
अभिलिखित नगरिएको हुनुपर्छ ।
त्यसैले, तिनले आफ्नो नाउँ
राख्न एउटा खामो
खडा गरे ।