menu bar

Friday, December 18, 2015

दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई



हाम्रो देशको उत्तरपट्टि रहेको छिमेकी मुलुक चीनको एउटा सानो नगरमा एक जना ख्रीष्टियान मिसनरी आइपुगिन् लुटेराहरूको एउटा समूहले त्यस नगर त्यसमा भएको हरेक कुरोलाई भर्खरै नष्ट पारेको रहेछ त्यसपछि एक जना स्थानीय ख्रीष्टियानले भग्नावशेषमा परिणत भएको आफ्नो घरलाई देखाए

छत जलेर नष्ट भएको थियो; घरका काठपातहरू खरानी भएका थिए; सग्लो वस्तु मुश्किलैले फेला पर्न सकिन्थ्यो आफ्ना बाइबल भजन किताबलाई देखाउँदै ती ख्रीष्टियानले भने, “तिनीहरूले मेरा बाइबल भजन किताबलाई पनि जलाइदिए !”

ती स्थानीय ख्रीष्टियानले भग्नावशेषबाट आफ्नो चिनियाँ भाषाको भजन किताबबाट एउटा पानालाई टिपे आगोले नजलाएको पाना त्यही मात्र रहेछ मिसनरीले आफ्नो हातमा लिएर त्यसलाई पढे, “दुनियाँ रमाऊ ग्रहण गर ख्रीष्ट प्रभु राजालाई” (ख्रीष्टीय भजन ३८)

यो ख्रीष्टमससम्बन्धी लोकप्रिय भजन हो भजनसंग्रह ९८ को दोस्रो आधा भागका वचनहरूमा आधारित रहेर प्रसिद्ध भजन लेखकसाथै ईश्वरशास्त्री आइज्याक वाट्सद्वारा रचित यो भजन पहिलो पटक ख्रीष्टाब्द १७१९ मा प्रकाशनमा आएको थियो

के यो प्रभुको उपस्थिति हुँदा पूर्ण विनाशको बिचमा पनि रमाउन सकिन्छ भन्ने प्रस्ट सन्देश होइन ? त्यो नजलेको पानाले ती लुटेराहरूलाई यही सन्देश दिँदै थियो कि प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभएकोले दुनियाँ रमाओस्   

Leave Your Comments Here.