ख्रीष्टमसको
आत्माले तपाईंमा शान्ति ल्याओस्;
ख्रीष्टमसको प्रसन्नताले तपाईंमा आशा
ल्याओस्; ख्रीष्टमसको न्यायोपनाले तपाईंमा
प्रेम ल्याओस् ।
एनोन
ख्रीष्टमस
परमेश्वर र परिवारको
प्रेमको उत्सव मनाउने अनि
सदाको निम्ति जारी
रहने यादगरहरूको सृजना
गर्ने सिद्ध समय
हो । येशू
परमेश्वरको सिद्ध, अवर्णनीय उपहार
हुनुहुन्छ । उदेकको
कुरो यो हो
कि हामी यसलाई
प्राप्त गर्न मात्र
सक्षम छैनौँ तर
ख्रीष्टमससाथै वर्षको कुनै पनि
दिनमा हामी यो
अरूहरूलाई बाँड्न पनि सक्छौँ
।
जोएल ओस्टिन,
लेखक,
वक्तासाथै
पास्टर
ख्रीष्टमस
प्रतिज्ञा हो भने
इस्टर प्रमाण हो
।
अज्ञात
ख्रीष्टमसका
उपहारहरू: तपाईंको शत्रुलाई, क्षमा;
विरोधीलाई, सहनशीलता; मित्रलाई, तपाईंको
ह्दय; ग्राहकलाई, सेवा;
सबैलाई, सौहाद्र्रता; हरेक बच्चालाई,
असल उदाहरण; आफैलाई,
आदर ।
ओरेन अर्नोल्ड
ख्रीष्टमसको
आत्माको ठाउँमा ख्रीष्टको आत्मालाई
नियुक्त गरिनुपर्छ । ख्रीष्टमसको
आत्मा वार्षिक हो;
ख्रीष्टको आत्मा अनन्त हो
। ख्रीष्टमसको आत्मा
भावात्मक हो; ख्रीष्टको
आत्मा अलौकिक हो
। ख्रीष्टमसको आत्मा
मानवीय उत्पादन हो; ख्रीष्टको
आत्मा ईश्वरीय व्यक्तित्व
हुनुहुन्छ ।
स्टाउर्ट ब्रिस्को
उहाँले
हाम्रो रूप धारण
गर्नुभयो ताकि उहाँले
हामीलाई उहाँजस्तै बनाउन सकून्
।
अगस्टिन, ख्रीष्टियान
दार्शनिक,
लेखकसाथै
ईश्वरशास्त्री
हरेक
कुरा जान्नुहुने र
सारा विश्वलाई सृजनुहुने
अनन्त व्यक्तित्व मानिस
मात्र नभई बच्चा
पनि हुनुभयो र
त्यसभन्दा पहिले स्त्रीको शरीरभित्र
भ्रूण बन्नुभयो ।
सी. एस.
लेविस,
साहित्यकारसाथै
ख्रीष्टियान
रक्षाशास्त्री
ह्दयमा
ख्रीष्टमस नमनाउनेले यसलाई कहिल्यै
पनि रुखमुनि फेला
पार्नेछैन ।
रोय एल.
स्मिथ
ख्रीष्टमस
कुनै दिन या
उत्सव मात्र होइन
जसलाई मनायो अनि
चाँडै बिर्सिदियो ।
यो एउटा आत्मा
हो जुन हाम्रा
जीवनको हरेक भागमा
व्याप्त हुनुपर्छ ।
विलियम पार्कस
साधारण
गोठालाहरूले स्वर्गदूतको आवाज सुने
अनि तिनीहरूले आफ्नो
थुमालाई फेला पारे
। बुद्धिमान् मानिसहरूले
ताराको प्रकाश देखे अनि
तिनीहरूले आफ्नो बुद्धिलाई फेला
पारे ।
फुल्टन जे.
सिन,
प्रधान
बिशप
ख्रीष्टमसमा
परमेश्वरले तपाईंलाई ज्योति दिऊन्,
जुन विश्वास हो
। ख्रीष्टमसको न्यानोपना
दिऊन्, जुन प्रेम
हो । ख्रीष्टमसको
चमक दिऊन्, जुन
शुद्धता हो ।
ख्रीष्टमसको धार्मिकता दिऊन्, जुन
न्याय हो ।
ख्रीष्टमसमा विश्वास दिऊन्, जुन
सत्यता हो ।
ख्रीष्टमसका सारा कुराहरू
दिऊन्, जुन ख्रीष्ट
हुनुहुन्छ ।
विल्डा इङ्गलिस
मानिसहरू
परमेश्वरका सन्तान हुन सकुन्
भनेर परमेश्वरका पुत्र
मानिस बन्नुभयो ।
सी. एस.
लेविस,
साहित्यकारसाथै
ख्रीष्टियान
रक्षाशास्त्री
बेथलेहेमको
डुँडमार्फत ख्रीष्टको आगमन अनौठो
र आश्चर्यजनक देखिन्छ
। तर जब
हामी उहाँलाई डुँडबाट
निकाली हाम्रा ह्दयभित्र स्वागत
गर्छौं तब अर्थ
लाग्छ अनि अनौठोपना
गायब भएर जान्छ
।
सी. नेइल
स्ट्रेट