उत्पत्ति
२६:३४ ले
एसावका दुई जना
पत्नीको सूची दिन्छ,
“एसावले चालीस वर्षको उमेरमा
हित्ती बेरीकी छोरी यहूदीत
र हित्ती एलोनकी
छोरी बासमतलाई विवाह
गरी ल्याए ।”
तर उत्पत्ति ३६:२–३
ले तिनका तिन
जना पत्नीको नाउँ
अभिलिखित गर्दछ, “एसावले कनानी
स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात्
हित्ती एलोनकी छोरी आदा
र हिव्वी सिबोनकी
नातिनी र अनाकी
छोरी ओहोलीबामा, तथा
इश्माएलकी छोरी नबायोतकी
बहिनी बासमत ।”
वास्तवमा एसावका कति जना
पत्नीहरू थिए— दुई
वा तिन वा
चार ?
इसहाक
र रिबेकाबाट जन्मेका
जुम्ल्याहा छोराहरूमध्ये एसाव जेठा
थिए भने याकूब
कान्छा । एसाव
पितामह अब्राहामका नाति थिए
। एसावको अर्को
नाउँ एदोम हो
जसबाट एदोमीहरूको उदय
भयो ।
माथि
उल्लिखित खण्डहरूलाई होसियारीसित अवलोकन
गर्दा प्रस्ट हुन्छ
कि वास्तवमा एसावका
चार जना पत्नीहरू
थिए ।
एसावकी
प्रथम पत्नीको नाउँ
हो, यहूदीत ।
उनी हित्ती बेरीकी
छोरी थिइन् ।
उत्पत्ति ३६ मा
उनको नाउँ उल्लेख
नभएकोले हामी निष्कर्ष
निकाल्न सक्छौँ कि उनले
एसावको निम्ति कुनै सन्तान
जन्माइनन् किनकि उत्पत्ति ३६
अध्याय एदोम अर्थात्
एसावको वृत्तान्त हो ।
उनी बाँझी रहिन्
वा जवानी अवस्थामा
मरिन्, त्यो अनिश्चित
छ ।
बासमत
एसावकी दोस्री पत्नी हुन्
। हित्ती एलोनबाट
जन्मेका उनको अर्को
नाउँ आदा थियो
। बाइबलमा एउटै
व्यक्तिले दुई ओटा
नाउँ धारण गरेका
उदाहरणहरू मनग्गे छन् ।
आदाले एसावको निम्ति
एलीपजलाई जन्माइन् ।
एसावकी
तेस्री पत्नीको नाउँ हो—
ओहोलीबामा । उनी
हिव्वी अनाकी छोरी थिइन्
। एसावले उनलाई
कुन परिस्थितिमा र
कहिले बिहे गरे
भनी हामीलाई बताइएको
छैन । तर
हामीलाई थाहा छ
कि ओहोलीबामाको पिताको
नाउँ अना थियो
भने हजुरबुबाको नाउँ
सिबोन थियो ।
उनले तिन जना
छोरा जन्माइन्: येऊश,
यालाम र कोरह
।
चौथामा
पर्छ, बासमत ।
उनको अर्को नाउँ
महलत थियो (उत्पत्ति
२८:९) ।
उनी इश्माएलकी छोरी
थिइन् । उनले
एउटा छोरो जन्माइन्:
रूएल ।
निष्कर्षमा
एसावका चार पत्नीहरू
थिए: यहूदीत, बासमत
(आदा), ओहोलीबामा, बासमत (महलत)
।