menu bar

Thursday, December 31, 2015

टेलिभिजन च्यानलका टिप्पणीकारलाई बिल्ली ग्राहमको उत्तर



बिल्ली ग्राहम इतिहासमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने व्यक्ति हुन् तिनले जीवनमा दुई अरबभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाएका छन् तिनको सुसमाचार सुनेर झन्डै ३२ लाख मानिसहरूले येशूलाई व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरेका छन् संसारका १८५ ओटा राष्ट्रका मानिसहरूले तिनको जीवन परिवर्तन गर्ने सन्देशलाई सुन्ने मौका पाएका छन् ग्राहम अमेरिकाका थुप्रै राष्ट्रपतिहरूका आत्मिक सल्लाहकार थिए ख्रीष्टाब्द १९१८ मा अमेरिकामा जन्मेका ग्राहमलाई बुबाले कृषक बनाउन खोजे तापनि परमेश्वरको योजनाअनुसार तिनी सर्वश्रेष्ठ वक्ता कहलाइएका छन्

एक पटक बिल्ली ग्राहम फ्रान्सको टेलिभिजन च्यानलमा देखा पर्दा टिप्पणीकारले तिनलाई अनुरोध गरे, “डा. ग्राहम, परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी प्रमाणित गर्न तपाईंलाई दुई मिनेट दिइएको

ग्राहमले जवाफ दिए, “ प्रमाणित गर्न सक्दिनँ तर जे मलाई थाहा त्यो भने अवश्य बताउँछु: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्

Leave Your Comments Here.