ब्रदर
कुकेन्डलले अमेरिकाको टेक्सासमा पास्टरिय
सेवा गरिरहेका थिए
। कुनै एउटा
स्टोर्सको संस्थापक एच. जेड.
डुकले पास्टरलाई सोधे,
“के तपाईं दशांश
दिने कुरामा विश्वास
गर्नुहुन्छ ?”
पास्टरबाट
सकारात्मक जवाफ आएपछि
डुकले फेरि सोधे,
“के तपाईं यसको
अभ्यास गर्नुहुन्छ त ?”
पास्टरले
उत्तर दिए, “गर्दिनँ
। म दशांश
दिने कुरोमा विश्वास
गर्दछु तर म
यसलाई अभ्यास गर्न
सक्दिनँ । घरमा
मेरा तेह् जना
सन्तान छन् ।
हरेक छाकमा हामी
पन्ध्र जना खानलाई
बस्छौँ । मेरो
मासिक तनखा केवल
१२५ अमेरिकी डलर
छ जसको अर्थ
हुन्छ वर्षमा १,५०० ।
निरन्तर यात्राको लागि मैले
मेरो आफ्नै घोडा
र बग्गीको लागि
पनि खर्चको बन्दोवस्त
गर्नुपर्छ । महिनामा
प्राप्त १२५ अमेरिकी
डलरले पन्ध्र जना
परिवारका सबै आवश्यकताहरूलाई
पूर्ति गरी दशांश
छुट्टयाउन असम्भव छ । त्यसैले, म दशांश
दिने कुरोमा विश्वास
गर्दछु, यसको बारेमा
प्रचार पनि गर्दछु
तर म आफैले
भने यसलाई व्यवहारमा
उतार्न सक्दिनँ ।”
त्यसपछि
डुकले भने, “तपाईंले
आफ्नो तनखा पाउने
बित्तिकै कम से
कम १२.५०
अमेरिकी डलर परमेश्वरको
निम्ति छुट्टयाउन थाल्नुस् ।
अगुवाइ भयो भने
तपाईंले बढी पनि
दिन सक्नुहुन्छ ।
तपाईंलाई खाँचो पर्यो भने
त्यसलाई पुरा गर्ने
जिम्मा मेरो भयो
। यो मेरो
प्रतिज्ञा हो तपाईंलाई
। मलाई यसो
भनेर एउटा चिठी
लेख्नुस्, ‘ब्रदर डुक, मैले
दशांश दिँदै छु
तर मलाई पैसाको
अभाव भएको छ
। मेरो परिवारलाई
पैसाको आवश्यकता परेको छ
। यो वर्ष
मैले धेरै नै
दिएको छु ।’
तपाईंको निम्ति चिठीमार्फत नै
चेक राखेर पठाउने
प्रतिज्ञा गर्दछु म । के तपाईं
दशांश दिन इच्छुक
हुनुहुन्छ ?”
ब्रदर
कुकेन्डल निकै उत्साही
भए । त्यसपछि
तिनले दशांश दिन
थाले । त्यो
वर्ष परमेश्वरले अनपेक्षित
तवरले तिनका सबै
खाँचाहरू पुरा गरिदिनुभयो
। त्यसैले तिनले
डुकलाई कुनै पत्र
लेख्नु परेन ।
वर्षको अन्त्यतिर तिनले महसुस
गरे कि तिनले
परमेश्वरको वचनमा भन्दा डुकको
प्रतिज्ञामा बढी भरोसा
गरेका रहेछन् ।
तिनले भने, “म
मानिसको वचनमाथि भर परेँ
तर परमेश्वरको वचनमाथि
भर परिनँ ।
अब परमेश्वरका प्रतिज्ञाहरू
प्रमाणित भएका छन्
। उहाँले थोरै
तनखाले मेरो ठुलो
परिवारको हेरचाह गर्नुभएको छ
। मेरो होस
खुलेको छ ।”