येशूको
अनन्तताको अर्थ हुन्छ
कि बेथलेहेममा उहाँको
जन्मअगि मात्र उहाँ अस्तित्वमा
हुनुहुन्थेन तर सृष्टिभन्दा
अगि पनि उहाँको
अस्तित्व थियो ।
उहाँको कुनै सुरु
छैन न त अन्त्य नै ।
उहाँ सधैँ अस्तित्वमा
रहिआउनुभएको छ ।
यस्तो कुनै समय
थिएन जुन बेला
उहाँ अस्तित्वमा हुनुहुन्थेन
। यहाँ १०
ओटा सन्दर्भहरू पेस
गरिएका छन् जसले
येशू अनन्त हुनुहुन्छ
भनी पुष्टि गर्छन्
।
१. यूहन्ना
१:१
“आदिमा
वचन हुनुहुन्थ्यो, वचन
परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन
परमेश्वर हुनुहुन्थ्यो” (यूहन्ना १:१)
। यो वचन
येशू ख्रीष्ट हुनुहुन्थ्यो
भनी यूहन्ना १:१४ ले
प्रस्ट पार्छ, “अनि वचन
देहधारी हुनुभयो ।” उहाँ
बेथलेहेममा जन्मनुभन्दा पहिले वचन
हुनुहुन्थ्यो । “आदिमा
वचन हुनुहुन्थ्यो” भन्ने
वाक्यांशमा उल्लिखित क्रियापद “हुनुहुन्थ्यो”
(पद १) लाई
ग्रिक भाषामा हेन भनिन्छ ।
नेपाली भाषामा यो सामान्य
भूतकालमा भए तापनि
ग्रिक भाषामा यो
अपूर्ण काल हो
जसले विगतमा भएको
अविच्छिन्न अस्तित्वलाई जोड दिन्छ
। त्यसैले, यसलाई
यसरी अनुवाद गर्न
सकिन्छ, “आदिमा वचन निरन्तर
रूपमा अस्तित्वमा हुनुहुन्थ्यो
।”
२. यूहन्ना
८:५८
यहूदीहरूसँगको
विवादमा तिनीहरूले येशूलाई प्रश्न
गरे, “तिमी अझै
पचास वर्ष पुगेका
छैनौ त के
तिमीले अब्राहामलाई देखेका छौ
?” (यूहन्ना ८:५७)
। उहाँको जवाफ
थियो, “साँच्चै म तिमीहरूलाई
भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै
म छँदैछु” (यूहन्ना
८:५८) ।
येशू बेथलेहेममा जन्मनुभए
तापनि २,०००
वर्षअगि बाँचेका अब्राहामभन्दा उहाँ
पहिले अस्तित्वमा हुनुहुन्थ्यो
भनी उहाँले दाबी
गर्नुभयो । फेरि
एक पटक येशूको
जवाफमा भएको काललाई
ध्यान दिनुस् ।
यो (म छँदैछु)
वर्तमान कालमा छ । यसले ख्रीष्टको
निरन्तरको अस्तित्वलाई जोड दिन्छ
। यहाँ ख्रीष्टले
आफ्नो अनन्ततालाई जोड
दिई आफू परमेश्वर
भएको दाबी गर्दै
हुनुहुन्छ ।
३. हिब्रू
१:८
हिब्रूका
लेखकले १ अध्यायको
पद ८ बाट
पुरानो करारका खण्डहरूलाई उद्धृत
गर्न थालेका छन्
। पद ८
पुत्र अर्थात् येशू
ख्रीष्टको विषयमा व्यक्त सन्दर्भ
हो, “तर पुत्रको
विषयमा चाहिँ उहाँ भन्नुहुन्छ,
‘हे परमेश्वर, तपाईंको
सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ,
र न्यायको राजदण्ड
तपाईंका राज्यको राजदण्ड हो’
।” यो पिता
परमेश्वले पुत्र परमेश्वरको विषयमा
दिनुभएको गवाही हो जहाँ
येशूको अनन्तता छर्लङ्ग छ
।
४. कलस्सी
१:१६–१७
प्रेरित
पावल लेख्छन्, “किनकि
उहाँ [येशू
ख्रीष्ट] मा नै
सबै थोक सृष्टि
भएका थिए ।
स्वर्गमा र पृथ्वीमाथि
भएका दृश्य र
अदृश्य थोकहरू, चाहे सिंहासनहरू,
चाहे प्रभुत्वहरू, चाहे
प्रधानताहरू, चाहे अधिकारहरू,
सबै थोक उहाँद्वारै
र उहाँकै निम्ति
सृजिएका हुन् ।
उहाँ नै सबै
कुराभन्दा अगाडि हुनुहुन्छ, र
उहाँमा नै सबै
कुरा बाँधिएर रहेका
छन् ।” ख्रीष्टको
अनन्ततालाई प्रमाणित गर्ने यो
एउटा मजबुत खण्ड
हो । सृष्टिकर्ता
परमेश्वरको रूपमा येशूले सबै
थोक सृजनुभएकोले सृष्टिअगि
उहाँ अस्तित्वमा हुनुहुन्थ्यो
जुन तथ्यलाई पद
१० मा जोड
दिइएको छ, “उहाँ
नै सबै कुराभन्दा
अगाडि हुनुहुन्छ ।”
५. प्रकाश
१:८
यूहन्ना
लेख्छन्, “‘अल्फा र ओमेगा
म नै हुँ,’
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ,
जो हुनुहुन्छ, जो
हुनुहुन्थ्यो र जो
आउनुहुनेछ” (प्रकाश १:८)
। यस पदमा
ख्रीष्टको अनन्ततालाई पुष्टि गर्ने
दुई ओटा वाक्यांशहरू
छन्: (१) ‘अल्फा
र ओमेगा म
नै हुँ ।’
यो ख्रीष्टको भनाइ
हो । अल्फा
ग्रिक वर्णमालाको पहिलो
अक्षर हो भने
ओमेगा अन्तिम अक्षर
। यसले उहाँ
आदि र अन्त्य
हुनुहुन्छ भनी प्रस्ट
पार्छ । (२)
जो हुनुहुन्छ, जो
हुनुहुन्थ्यो र जो
आउनुहुनेछ । ख्रीष्टको
बारेमा प्रयोग गरिएको यस
अभिव्यक्तिले उहाँको अनन्ततालाई जोड
दिन्छ ।
६. यशैया
९:६
यो
अपेक्षा गरिएको मसीह अर्थात्
येशू ख्रीष्टको बारेमा
व्यक्त गरिएको खण्ड हो
। “किनभने हाम्रा
निम्ति एक जना
बालकको जन्म भएको
छ । हाम्रा
निम्ति एक जना
छोरो दिइएको छ
। शासन उहाँको
काँधमा हुनेछ । उहाँ
अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर,
अनन्तका पिता, शान्तिका राजकुमार
कहलाइनुहुनेछ” (यशैया ९:६)
। यहाँ येशूलाई
“अनन्तका पिता” भनिएको छ
। यसको अर्थ
येशू ख्रीष्ट पिता
परमेश्वर हुनुहुन्छ भन्न खोजिएको
होइन । किनभने
त्रिएकताभित्र पिता परमेश्वर
र पुत्र परमेश्वर
बेग्ला–बेग्लै व्यक्तित्वहरू हुन्
। तात्कालीन प्रयोग
शैलीअनुसार कुनै पनि
थोक अधिकार गरेको
व्यक्तिलाई त्यस थोकको
पिता भनिन्थ्यो ।
जस्तै: शक्तिको पिताको अर्थ
हुन्छ, मजबुत; ज्ञानको पिताको
अर्थ हुन्छ, बुद्धिमान्;
महिमाको पिताको अर्थ हुन्छ,
महिमित । येशू
ख्रीष्ट “अनन्तका पिता” हुनुहुन्छ
भन्नुको मतलब उहाँ
अनन्त अस्तित्व हुनुहुन्छ भन्न
खोजिएको हो ।
७. मीका
५:२
मीका
५:२ ख्रीष्टको
बारेमा भएको प्रस्ट
भविष्यवाणी हो, “तर
ए बेथलेहेम एप्राता,
तँ यहूदाका कुलहरूमध्ये
सानो भए तापनि
तँबाट मेरो निम्ति
एक जना निस्कनुहुनेछ,
जो इस्राएलका शासक
हुनुहुनेछ, जसको सुरु
पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि
नै छ ।”
यस पदको अन्त्यतिर
उल्लिखित शब्द “प्राचीनकालदेखि” को
सट्टामा “अनन्तकालदेखि” भनी अनुवाद
गर्नु बढी मुनासिब
हुन्छ । यस
भविष्यवाणीमा मीकाले ख्रीष्टको अनन्ततालाई
प्रस्टसँग व्यक्त गरेका छन्
। बेथलेहेममा उहाँको
जन्म उहाँको आरम्भ
थिएन किनकि उहाँ
अनन्तकालदेखि नै अस्तित्वमा
हुनुहुन्छ ।
८. यूहन्ना
१७:५
येशूले
प्रार्थना गर्नुहुँदा उहाँले भन्नुभयो,
“हे पिता, संसारको
सृष्टि हुन अघि
तपाईंको सम्मुख मेरो जुन
महिमा थियो, त्यसैले
आफ्नो उपस्थितिमा मलाई
महिमित पार्नुहोस्” (यूहन्ना १७:५)
। पृथ्वीमा मानवीय
चोला धारण गर्नुभन्दा
पहिले पनि उहाँको
अस्तित्व थियो भनी
येशूले यहाँ प्रत्यक्ष
रूपमा दाबी गर्नुभएको
छ । उहाँ
महिमामा पितासितै अस्तित्वमा हुनुहुन्थ्यो
।
९. फिलिप्पी
२:६–७
ख्रीष्ट
विनम्रताको सर्वोच्च नमुना हुनुहुन्छ
जुन विषयमा फिलिप्पी
२ अध्यायमा बताइएको
छ । पावल
लेख्छन्, “परमेश्वरको स्वरूपमा भएर
पनि उहाँले परमेश्वरको
बराबरी हुने कुरालाई
एउटा पक्रिराख्ने वस्तुजस्तो
ठान्नुभएन । तर
आफैलाई रित्त्याईकन कमाराको रूपमा
धारण गरेर, तथा
मनुष्य भएर जन्मनुभयो”
(फिलिप्पी २:६–७) ।
यस खण्डमा पावलले
येशूको ईश्वरत्व र मानवता
दुवै सिद्धान्तलाई सठिक
ढङ्गमा उल्लेख गरेका छन्
। येशू परमेश्वरको
स्वरूपमा अनन्तकालदेखि अस्तित्वमा हुनुहुन्छ भनी
तिनी बताउँछन् ।
१०. हिब्रू
१:२
पुरानो
करारमा परमेश्वर विभिन्न मानिसहरूसित
विभिन्न किसिमले बोल्नुभयो भन्ने
जानकारी गराएपछि १:२ मा लेखक
लेख्छन्, “तर यी
आखिरी दिनहरूमा उहाँ
आफ्ना पुत्रद्वारा हामीसँग
बोल्नुभएको छ ।
पुत्रलाई नै उहाँले
सबै कुराका उत्तराधिकारी
नियुक्त गर्नुभयो, उहाँद्वारा नै
समस्त सृष्टि रच्नु
पनि भयो ।”
येशू सृष्टिकर्ता हुनुहुन्छ
भन्ने तर्क कलस्सी
१:१६–१७
सित मेल खान्छ
। समस्त सृष्टि
अर्थात् विश्व (युनिभर्स) र
समयको सृजनामा पुत्र
परमेश्वर सामेल हुनुभएको तथ्यले
उहाँको अनन्ततालाई प्रस्ट पार्दछ
।
यी
केवल १० ओटा
सन्दर्भहरू हुन् जसले
येशूको अनन्ततालाई प्रमाणित गर्छन्
। उहाँ २,००० वर्षअगि
बेथलेहेममा जन्मनुभए तापनि त्यो
उहाँको सुरुआत थिएन ।
त्यो त उहाँको
मानवीय जीवनको आरम्भ मात्र
थियो । आफ्नो
ईश्वरत्वमा येशू अनन्तकालदेखि
नै अस्तित्वमा हुनुहुन्छ
।