menu bar

Sunday, December 20, 2015

परमेश्वरको लागि Y क्रोमोजोमको सृजना गर्नु बच्चाको खेलजस्तै हो



७९ प्रतिशत अमेरिकनहरूले येशू कन्याबाट जन्मनुभयो भनेर विश्वास गरे तापनि दार्शनिक विलियम लेन क्रेगको लागि तिनी जवान छँदा ख्रीष्टियान विश्वासमा आउनको लागि त्यो अवरोध बनेको थियो तिनले भने, “मेरो विचारमा यो वाहियात कुरो थियो कन्याबाटको जन्म साँचो हुनको लागि मरियमको डिम्बमा शून्यताबाट Y क्रोमोजोमको रचना भएको हुनुपथ्र्यो मरियमसित छोरो जन्माउने आनुवंशिक पदार्थ थिएन

तरै पनि तिनी ख्रीष्टियान बने तिनले भनेका छन्, “विश्वासमा आउनको लागि तपाईंका सबै प्रश्नहरूको समाधान हुनुपर्छ भन्ने छैन तपाईंले केवल यति भन्नु आवश्यक , ‘साक्षीको तौलले यो साँचोजस्तो देखिन्छ तसर्थ, मैले मेरा सबै प्रश्नहरूको जवाफ नपाए तापनि विश्वास गर्नेछु भविष्यमा उत्तरहरूको अपेक्षा गर्नेछु

पछि क्रेग सृष्टिकर्ताको पक्षमा वैज्ञानिक साक्षीहरू प्रस्तुत गर्ने प्रवीण दार्शनिक बने तिनले येशू कन्याबाट जन्मनुभएको थियो भन्ने सम्बन्धमा तार्किक उत्तर दिएका छन्, “यदि साँच्चै यस विश्वलाई सृजनुहुने परमेश्वरमाथि विश्वास गर्दछु भने उहाँको लागि Y क्रोमोजोमको सृजना गर्नु बच्चाको खेलजस्तै हो

ख्रीष्टाब्द १९४९ मा अमेरिकामा जन्मेका विलियम लेन क्रेग ख्रीष्टियान रक्षाशास्त्री, ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री हुन् तिनी वर्तमान समयका सर्वाधिक महान् ख्रीष्टियान रक्षाशास्त्री हुन् भन्दा फरक पर्दैन तिनी तिस ओटाभन्दा बेसी पुस्तकका लेखकसाथै सम्पादक हुन्

Leave Your Comments Here.