जिम्मी
कार्टर संयुक्त राज्य
अमेरिकाका उनन्चालिसौँ
राष्ट्रपति हुन् जसले
ख्रीष्टाब्द १९७७–१९८१
सम्म सेवा गरेका
थिए । कार्टर सेन्टर नामक गैरसरकारी
संस्थामा तिनले पुर्याएको योगदानको तारिफ
गर्दै ख्रीष्टाब्द २००२
मा तिनलाई नोबेल शान्ति पुरस्कार
प्रदान गरिएको थियो ।
पुरस्कार
प्राप्त गर्दा तिनले दिएको
उपदेश यस्तो थियो:
म
येशू ख्रीष्टको आराधना
गर्दछु जसलाई हामी ख्रीष्टियानहरू
शान्तिको राजकुमार मान्छौँ ।
यहूदीको रूपमा उहाँले हामीलाई
सेवा र प्रेममा
धार्मिक सीमानाहरू पार गर्न
सिकाउनुभयो । उहाँले
पटक–पटक हाम्रा
रोमी विजेताहरू, अरू
अन्यजातिहरू र अति
तिरस्कृत सामरीहरूलाई भेट गरी
तिनीहरूलाई अङ्गाल्नुभयो । ईश्वरशास्त्रीय
भिन्नताहरूका बाबजुत पनि सबै
महान् धर्महरूले उही
साझा प्रतिबद्धताहरू जाहेर
गर्छन् जसले आदर्श
सेकुलर सम्बन्धलाई परिभाषित गर्दछन्
। दु:खकष्टलाई
कम गरी शान्तिलाई
अपनाउने साझा प्रयासमा
मुसलमान, बौद्ध मार्गी, हिन्दु,
यहूदीसाथै अन्यले एक अर्कालाई
अङ्गालो हाल्न सक्छन् भनी
म विश्वस्त छु
।
कार्टरले
यी भनाइहरूसहित आफ्नो
भाषणलाई टुङ्ग्याएका थिए:
युद्ध
कहिलेकाहीँ आवश्यक दुष्टयाइँ हुन
सक्छ । तर
यो जतिसुकै आवश्यक
भए तापनि यो
सधैँ दुष्ट नै
हो र यो
कहिल्यै असल कुरो
होइन । एक
अर्काका सन्तानलाई मारेर हामीले
सँगसँगै शान्तिमा कसरी जिउने
भनी सिक्न सक्नेछैनौँ
। हाम्रो साझा
मानवताको सम्बन्ध हाम्रा डर
र पूर्वाग्रहको विभाजनभन्दा
शक्तिशाली छ ।
परमेश्वरले हामीलाई छनौट गर्ने
क्षमता दिनुहुन्छ । हामी
दु:खकष्टलाई कम
गर्ने छनौट गर्न
सक्छौँ । हामी
शान्तिको लागि सँगसँगै
मिलेर काम गर्ने
छनौट गर्न सक्छौँ
। हामी यी
परिवर्तनहरू ल्याउन सक्छौँ र
हामीले ल्याउनैपर्छ ।