यदि
प्रभुले हाम्रो लागि हाम्रो
पाप बोक्नुभएको खबर
सुसमाचार होइन भने
मसित प्रचार गर्नुपर्ने
सुसमाचार नै छैन
।
सी. एच.
स्परजिन,
प्रचारक,
पास्टरसाथै
लेखक
सुसमाचारको
मुटु छुटकारा हो
र छुटकाराको सार
ख्रीष्टको स्थानापन्न बलिदान हो
।
सी. एच.
स्परजिन,
प्रचारक,
पास्टरसाथै
लेखक
सुसमाचार
हामीकहाँ आइपुग्न परमेश्वरले जे
गर्नुभएको छ, त्यस
विषयमा भएको खबर
हो । यो
परमेश्वरकहाँ पुग्न हामीले के
गर्नुपर्छ भन्ने सल्लाह होइन
।
टिम केलर,
रक्षाशास्त्री,
पास्टरसाथै
ईश्वरशास्त्री
येशू
हामीलाई जीवनका प्रश्नहरूको जवाफ
दिन आउनुभएन, उहाँ
जवाफ बन्न आउनुभयो
।
टिम केलर,
रक्षाशास्त्री,
पास्टरसाथै
ईश्वरशास्त्री
तपाईं
जुनसुकै परिस्थितिमा पनि खुसी
हुन सक्नुहुन्छ ।
तपाईंले केवल परमेश्वरमाथि
विश्वास गर्न आवश्यक
छ ।
निक भुजिकिक,
अशक्त
सुसमाचार
प्रचारकसाथै
वक्ता
सुसमाचारमा
तपाईंलाई जे मन
पर्छ तपाईंले त्यसलाई
मात्र विश्वास गर्नुभयो
र तपाईंलाई मन
नपरेको कुरोलाई तपाईंले इन्कार
गर्नुभयो भने तपाईंले
विश्वास गर्नुभएको कुरो सुसमाचार
होइन, यो त
तपाईं आफै नै
हुनुहुन्छ ।
अगस्टिन, ख्रीष्टियान
दार्शनिक,
लेखकसाथै
ईश्वरशास्त्री
सम्पूर्ण
सुसमाचार ख्रीष्टमा समावेश छ
।
जोन काल्भिन,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
जुनसुकै
बेला सुसमाचार प्रचार
गरिँदा यो भनेको
परमेश्वर हाम्रो माझमा आउनुभएको
जस्तै हो ।
जोन काल्भिन,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
सुसमाचारमा
प्राकृतिक मानिसलाई आकर्षण गर्ने
त्यस्तो कुनै कुरो
छैन । सुसमाचारलाई
आकर्षित देख्ने एउटै मानिस
पापको विषयमा दोषी
ठहराइएको मानिस हो ।
ओसवाल्ड च्याम्बर्स,
सुसमाचार
प्रचारकसाथै
शिक्षक
मानिसलाई
उचाली परमेश्वरलाई अपदस्थ
गर्ने सुसमाचार सुसमाचार
हुँदै होइन ।
विल मेजगर
संसारमा
धेरै धर्महरू छन्,
[तर]
यहाँ एउटै मात्र
सुसमाचार छ ।
जर्ज ओवेन
सुसमाचार
भनेको “परमेश्वरले हामीलाई प्रेम
गर्नुहुन्छ” भन्ने होइन, तर
यो भनेको “परमेश्वरका
पुत्रको मूल्यमा उहाँले हामीलाई
प्रेम गर्नुहुन्छ” भन्ने
हो ।
डेरेक थोमस,
पास्टरसाथै
ईश्वरशास्त्री
जसरी
एउटै मात्र परमेश्वर
हुनुहुन्छ त्यसै गरी एउटै
मात्र सुसमाचार हुन
सक्छ ।
जेम्स डेनी,
ईश्वरशास्त्रीसाथै
वक्ता
मण्डली
सुसमाचारको फल हो
।
हेवेल आर.
जोन्स
अन्य
सबै सुसमाचारले व्यक्त
गरेको कुरोलाई यूहन्नाको
सुसमाचारले प्रस्ट पार्दछ र
त्यो कुरो यही
हो कि क्रूस
पराजय होइन तर
हाम्रा परमेश्वरको विजय हो
।
स्टान्ली हाउरवास,
ईश्वरशास्त्री,
नीतिज्ञसाथै
बुद्धिजीवी
हामीले
यसलाई स्मरण गरौँ:
व्यक्तिको जीवनको ठोस साक्षीविना
कसैले पनि येशूको
सुसमाचारको घोषणा गर्न सक्दैन
।
पोप फ्रान्सिस
हामीले
क्रूसमा टाँगिनुभएका ख्रीष्टको प्रचार
गर्दा हामी लर्खराउनुपर्ने
वा भकभकाउनुपर्ने वा
अनकनाउनुपर्ने वा क्षमायाचना
गर्नुपर्ने कुनै कारण
नै छैन ।
सुसमाचारमा हामी शर्माउनु
पर्ने कुनै कारण
नै छैन ।
सी. एच.
स्परजिन,
प्रचारक,
पास्टरसाथै
लेखक
ख्रीष्टियान
सुसमाचारको सर्वोत्तम खबर यही
हो कि विश्वको
सर्वोच्च महिमित सृष्टिकर्ताले हामी
र उहाँको बिचमा
भएको हरेक अवरोधलाई
हटाउन येशू ख्रीष्टको
मृत्यु र पुनरुत्थानमा
काम गनुभएको छ
ताकि उहाँको असीमित
सौन्दर्यलाई देख्न र स्वाद
लिनमा हामीले अनन्तको
आनन्द प्राप्त गर्न
सकूँ ।
जोन पाइपर,
लेखक,
वक्तासाथै
पास्टर