menu bar

Wednesday, December 16, 2015

येशू ख्रीष्ट: संसारको मुक्तिदाता



येशू ख्रीष्ट ख्रीष्टियमतका संस्थापक हुनुहुन्छ ख्रीष्टियमत संसारको सबैभन्दा ठुलो धर्म (वा मार्ग) हो हाल झण्डै साँढे दुई अरब मानिसहरू यसका अनुयायी छन् येशूले मानवीय चोला धारण गर्नुभन्दा पहिले पनि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो उहाँ सदाकालदेखि रहिआउनुभएको वास्तवमा उहाँको कुनै आदि छैन अन्त्य नै येशू आजभन्दा लगभग दुई हजार वर्षअगि एसिया महादेशको प्राचीन प्यालेस्टाइनको बेथलेहेम नामक गाउँमा जन्मनुभयो उहाँ जन्मनुभएको समयमा रोमको उपनिवेशको रूपमा रहेको प्यालेस्टाइनमाथि हेरोद महान्ले शासन गरिरहेका थिए

उहाँ अलौकिक नियमबाट जन्मनुभएको थियो उहाँले आफ्नै शक्तिले विभिन्न आश्चर्यकर्महरू गर्नुभयो: लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभयो; बैरोलाई सुन्ने तुल्याउनुभयो; दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नुभयो; आँधीलाई शान्त पार्नुभयो; पाँच ओटा रोटी दुई ओटा माछाले पाँच हजारलाई खुवाउनुभयो उहाँमा दुई ओटा स्वभाव थिएमानवीय ईश्वरीय उहाँको मानवीय स्वभावमा उहाँ थाक्नुभयो; रिसाउनुभयो; भोकाउनुभयो; रुनुभयो अनि मर्नुभयो उहाँको ईश्वरीय स्वभावमा उहाँले मानिसको गोप्य कुरो थाहा पाउनुभयो आश्चर्यकर्महरू गर्नुभयो

उहाँ दुष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले सिद्ध जीवन जिउनुभयो उहाँ पटकपटक परीक्षामा पर्नुभए तापनि उहाँले कुनै पाप गर्नुभएन मानवजातिको पापको लागि येशू क्रूसमा मर्नुभयो उहाँको मृत्युमा आश्चर्यपूर्ण घटनाहरू भए: अन्धकार छायो; मन्दिरको पर्दा च्यातियो; भूकम्प गयो आदि उहाँ मर्नुभएकै दिन अर्थात् शुक्रबार उहाँलाई चिहानमा दफन गरियो उहाँको मृत्यु भएको तेस्रो दिन अर्थात् आइतबारको दिन उहाँ मृतकहरूबाट बौरी उठ्नुभयो ४० दिनको अवधिमा यस पृथ्वीमा उहाँ विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो अनि महिमित शरीरमा जैतुन पर्वतबाट स्वर्गारोहण हुनुभयो

उहाँ न्यायको लागि फेरि यस पृथ्वीमा आउँदै हुनुहुन्छ उहाँको दोस्रो आगमनको वास्तविक समय अज्ञात उहाँ धार्मिक न्यायाधीश हुनुभएकोले उहाँलाई प्रभु मुक्तिदाताको रूपमा पछ्याउनेहरूलाई उहाँले आफ्नो अनन्त वासस्थानमा लैजानुहुनेछ भने अरू त्यसबाट वञ्चित हुनेछन्   येशू ख्रीष्ट यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभाविशाली व्यक्तित्व हुनुहुन्छ उहाँको आगमनले संसारमा मनग्गे सकारात्मक परिवर्तनहरू लाएका छन् उहाँले संसारका कुनै पनि विख्यात अगुवाहरूले भन्दा बेसी मानिसहरू आफ्नो पक्षमा जित्नुभएको निस्सन्देह, उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ   

Leave Your Comments Here.