नास्तिकबाट
प्रखर वक्ता बनेका
६९ वर्षका रबी
जकरियाले क्रेगको विषयमा भनेका
छन्, “तर्कसङ्गत भन्न
सकिन्छ कि विलियम
लेन क्रेग हाम्रो
समयको सबैभन्दा उत्कृष्ट
ख्रीष्टियान दार्शनिकहरूमध्ये एक हुन्
। तिनका ज्ञान
र सिपले तिनलाई
प्रत्येक महादेशका मञ्चहरूमा स्थापित
गरेका छन् जहाँ
तिनी सर्वाधिक सुविख्यात
सन्देहवादीहरूसित संवाद र वादविवादमा
संलग्न भएका छन्
।”
विलियम
लेन क्रेग ख्रीष्टियान
रक्षाशास्त्री (अपोलोजिस्ट), ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री
हुन् । निस्सन्देह,
तिनी वर्तमान समयका
सर्वाधिक महान् ख्रीष्टियान रक्षाशास्त्री
हुन् । ख्रीष्टियान
विश्वासको पक्षमा तार्किक रूपमा
वकालत गर्ने व्यक्तिलाई
ख्रीष्टियान रक्षाशास्त्री भनिन्छ । क्रेग
तिस ओटाभन्दा बेसी
पुस्तकका लेखकसाथै सम्पादक हुन्
। ईश्वरशास्त्र र
दर्शनशास्त्रका विभिन्न पत्र पत्रिकाहरूमा
तिनका झण्डै २००
ओटा लेख रचनाहरू
छापिएका छन् ।
तिनी सार्वजनिक वादविवादको
लागि विश्व प्रसिद्ध
छन् । तिनी
परिचित नास्तिकहरू, अज्ञेयवादीहरू र
सन्देहवादीहरूसित बारम्बार वादविवादमा संलग्न
भएका छन् ।
२३
अगस्ट १९४९ मा
विलियम लेन क्रेगको
जन्म अमेरिकामा भएको
थियो । पिता
मालोरी र माता
डोरिसबाट जन्मेका तिन सन्तानमध्ये
क्रेग माहिलो हुन्
।
१६
वर्षको उमेरमा तिनले पहिलो
पटक सुसमाचारीय सन्देशलाई
सुनेपछि तिनले ख्रीष्टलाई
अङ्गालेका थिए ।
क्रेगले दुई ओटा
विद्यावारिधि (इङ्गल्यान्ड र जर्मनीबाट)
हासिल गरेका छन्
।
ख्रीष्टाब्द
१९७२ मा क्रेग
जानसित वैवाहिक बन्धनमा बाँधिए
र तिनीहरूलाई परमेश्वरले
दुई ओटा छोरा
आशिष्स्वरूप दिनुभएको छ ।
वादविवादको
क्षेत्रमा विख्यात क्रेग दर्शनशास्त्र
र ईश्वरशास्त्रका विषयहरूमा
साम हेरिस, ख्रिस्टोफर
हिचेन्स, दानिएल डेनेटजस्ता प्रसिद्ध
नास्तिकहरूसाथै विभिन्न दार्शनिक र
वैज्ञानिकहरूसित वादविवादमा भाग लिएका
छन् ।
रिजनएबल फेथ
र अन गार्ड
रक्षाशास्त्रको क्षेत्रमा क्रेगका दुई
ओटा मुख्य कृतिहरू
हुन् । येशूको
पुनरुत्थानको सम्बन्धमा पनि तिनले
बृहत् रूपमा अनुसान्धान
गरेर दुई ओटा
कृतिहरू प्रकाशित गरेका छन्
जसले येशूको पुनरुत्थानलाई
एक ऐतिहासिक घटनाको
रूपमा उभ्याउँछन् ।
क्रेग
धर्मको दर्शनशास्त्र र प्राकृतिक
ईश्वरशास्त्रको क्षेत्रमा विशेषज्ञ हुन्
। परमेश्वरको अस्तित्वको
सम्बन्धमा तिनले प्रस्तुत गरेका
तर्कहरूले उल्लेखनीय योगदान पुर्याएका
छन् । तिनका
गहकिला तर्कहरू सुनेर कैयौँले
प्रभु येशूलाई अङ्गालेका
पनि छन् ।
क्रेग
वर्तमान समयका अब्बल ख्रीष्टियान
दार्शनिक हुन् ।
संसारका विशिष्ट सन्देहवादीहरूसित वादविवादमा
संलग्न हुँदा तिनले ख्रीष्टियान
विश्वासको प्रतिरक्षा मात्र गरेका
छैनन् तर तिनीहरूका
तर्कलाई चकनाचुर पनि पारिदिएका
छन् । ईश्वरशास्त्रको
क्षेत्रमा तिनले बृहत् रूपमा
लेख्नुकासाथै सिकाएका पनि छन्
। विश्वास र
तर्क सँगसँगै जान
सक्छन् भन्ने तिनको अवधारणाको
खाँचो यस युगमा
टडकारो देखिएको छ ।