menu bar

Monday, December 21, 2015

ख्रीष्टमसबारे १४ ओटा भनाइहरू (भाग १)



संसारको इतिहासले अभिलिखित गरेको महानतम सर्वाधिक महत्त्वपूर्ण सत्यता हो, ख्रीष्टको जन्मको सत्यता  
सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक 

ख्रीष्ट जन्मनुहुँदा उहाँ डुँडमा सन्तुष्ट हुनुहुन्थ्यो ताकि हामी मर्दा हामीसित महल हुन सकोस्
अज्ञात

ख्रीष्ट बेथलेहेममा एक हजार पटक जन्मनुभए तापनि यदि उहाँ तपाईंमा जन्मनुभएको छैन भने तपाईंको आत्मा अझै दयनीय अवस्थामा
एङ्गेलस सिलेसस, चिकित्सकसाथै कवि 

ख्रीष्ट पहिलो शताब्दीमा जन्मनुभयो, तरै पनि उहाँ सबै शताब्दीमा हुनुहुन्छ उहाँ यहूदी भएर जन्मनुभयो, तरै पनि उहाँ सबै जातिको हुनुहुन्छ उहाँ बेथलेहेममा जन्मनुभयो, तरै पनि उहाँ सबै राष्ट्रको हुनुहुन्छ
जर्ज डब्लु. ट्रट, पास्टर, वक्तासाथै लेखक

मेरो ह्दयमा ख्रीष्टमसलाई आदर गर्नेछु वर्षभरि नै यसलाई मेरो ह्दयमा सजाएर राख्ने कोसिस गर्दछु
चाल्र्स डिकेन्स, लेखक

ह्दयमा भएको ख्रीष्टमसले नै ख्रीष्टमसलाई हावामा राख्छ
डब्लु. टी. एलिस

ख्रीष्टमस साँच्चै ख्रीष्टमस बन्दछ जब हामी सबैभन्दा बेसी प्रेमको ज्योतिको खाँचो भएकाहरूलाई त्यो दिएर यसको उत्सव मनाउँछौँ
रुथ कार्टर स्टयाप्लेटोन, सुसमाचार प्रचारिका

ख्रीष्टमस केवल उत्सव वा खुसीको समय होइन यो त्योभन्दा बेसी हो यो अनन्त कुराहरूबारे मनन गर्ने समय हो ख्रीष्टमसको आत्मा दिने क्षमा दिने आत्मा हो
जे. सी. पेन्नी

मेरो विचारमा ख्रीष्टमस अपरिहार्य रूपमा थोकहरूको विषयमा होइन यो एक अर्कामा असल हुने विषयमा हो; ख्रीष्टियान नीतिशास्त्रको विषयमा हो; दयाको विषयमा हो
केरी फिसर

ख्रीष्टमस के हो ? यो विगतको लागि कोमलता हो; वर्तमानको लागि साहस हो; भविष्यको लागि आशा हो यो हरेक कचौरा अनमोल अनन्त आशिष्हरूले भरिएर पोखियोस् हरेक मार्गले शान्तिमा डोर्याओस् भन्ने जोसिलो शुभकामना हो
अग्नेस एम. फारो, कलाकारसाथै लेखक 

ख्रीष्टमसको दिन आनन्द सौहाद्र्रताको दिन हो परमेश्वरले तपाईंलाई दुवैमा सम्पन्न बनाउनुभएको होस्   
फिलिप ब्रुक्स, लेखकसाथै पास्टर

ख्रीष्टमस कसैको निम्ति गरिने सानो असाधारण कुरो हो
चाल्र्स स्कल्ज

मानवजाति एउटा महान् विशाल परिवार हो ... ख्रीष्टमसको समयमा हामीले जे महसुस गर्छौं त्यसबाट यो प्रमाणित हुन्छ
पोप जोन पावल तेइसौँ

ख्रीष्टमस कुनै समय वा ऋतु होइन तर समझको अवस्था हो शान्ति सद्भावलाई संरक्षण गर्नु, दयामा प्रशस्त हुनु नै ख्रीष्टमसको वास्तविक आत्मा हो
काल्भिन कुलरिज, अमेरिकाको तिसौँ राष्ट्रपति 



Leave Your Comments Here.