menu bar

Tuesday, December 8, 2015

बाइबलमा उल्लिखित गिबोनको पोखरी पत्ता लाग्यो



शमूएल :१२१७ मा लेखिएको , “नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे तिनीहरूले एकअर्कालाई गिबोनको पोखरीनेर भेटे, एउटाले पोखरीको वारि अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे अबनेरले योआबलाई भने, ‘तिम्रा मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एकएक जना गरी लडून् योआबले जवाफ दिए, ‘हुन्छ, तिनीहरूले त्यसै गरून् यसैकारण तिनीहरू आए, बेन्यामीन शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह् जना दाऊदका बाह् जना एकएक जना गरी आफ्नो स्थानमा खडा भए तब तिनीहरू हरेकले आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो यसरी तिनीहरू एकसाथ ढले यसैकारण गिबोनको त्यस ठाउँलाई हेल्कतहज्जुरीम भनियो त्यस दिन घमासान युद्ध भयो, अनि अबनेर इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे

संयुक्त इस्राएल राज्यका प्रथम राजा शाऊलको मृत्युपश्चात् दाऊद हेब्रोनमा गए यहूदाका मानिसहरूले तिनलाई राजा नियुक्त गरे त्यही समयमा अबनेरले शाऊलको छोरो ईश्बोशेतलाई इस्राएलको राजा बनाए दाऊद ईश्बोशेतका सेनाहरू युद्धको लागि गिबोनको पोखरीनेर भेला भए ईश्बोशेतका मानिसहरू पराजित भए अन्तत: दाऊद यहूदा इस्राएल अर्थात् संयुक्त इस्राएल राज्यका द्वितीय राजा बने

बाइबलको विवरणअनुसार राजा दाऊदको जीवन काल (करिब ,००० ख्रीष्टपूर्व) मा गिबोनको पोखरी अस्तित्वमा थियो यसको अर्थ हुन्छ कि गिबोनको पोखरी कम्तीमा पनि ,००० वर्ष पुरानो पोखरी हो बाइबलमा धेरै पटक यसको  चर्च गरिएको निस्सनदेह, यो एउटा महत्त्वपूर्ण ऐतिहासिक पोखरी थियो  

बिसौँ शताब्दीको उत्तराद्र्धमा गरिएको पुरातात्त्विक उत्खननले यस पोखरीलाई पत्ता लगाएको वर्तमान प्यालेस्टाइनको अलजिब नाउँ गरेको गाउँमा यो ऐतिहासिक स्थल फेला परेको हो यो गाउँ यरूशलेमदेखि दस किलोमिटर उत्तरपश्चिममा पर्छ

पेन्सलभेनिया विश्वविद्यालयका पुरातत्त्वविद् जेम्स बी. प्रिटचार्डद्वारा अगुवाइ गरिएको पुरातत्त्वविद्हरूको टोलीले ख्रीष्टाब्द १९५६१९६२ सम्म गिबोन क्षेत्रको उत्खनन गर्ने क्रममा १९५७ मा तिनीहरूले पोखरी फेला पारेका हुन् ८८ फिट गहिरो यस पोखरीको आविष्कारले पोखरीबारे भएको बाइबलीय विवरणको पुष्टि गरेको     

  

Leave Your Comments Here.