menu bar

Monday, December 28, 2015

प्रार्थनाबारे १५ ओटा भनाइहरू (भाग १)



प्रार्थना तपाईं परमेश्वरबिच हुने दुई जनाको बातचित हो
बिल्ली ग्राहम, सर्वश्रेष्ठ प्रचारक  

प्रार्थना भनेको मान्छेको इच्छालाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो
रिचार्ड सी. ट्रेन्च, प्रधान बिशप

प्रार्थनाले परमेश्वरलाई बदल्दैन तर यसले प्रार्थना गर्नेलाई बदल्छ
सोरेन किर्केगार्ड, दार्शनिक, ईश्वरशास्त्री, कवि 

हामीलेहे प्रभु, तपाईंको राज्य आओस्भनेर प्रार्थना गर्नुअगिमेरो राज्य जाओस्भनेर प्रार्थना गर्न हामी इच्छुक हुनुपर्छ
अलान रेडपथ, सुसमाचार प्रचारक, पास्टरसाथै लेखक 

जहाँ प्रार्थना हुन्छ त्यहाँ काम हुन्छ
जोन वेस्ली, ईश्वरशास्त्री, लेखकसाथै अगुवा

साँचो प्रार्थना वजनद्वारा नापिन्छ, लमाइद्वारा होइन परमेश्वरको सामु व्यक्त एउटा क्रन्दनमा लामो सुन्दर भाषणमा भन्दा बेसी प्रार्थनाको भरिपूर्णता हुन सक्छ
सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक 

परमेश्वरको वचन भोजन हो जसद्वारा प्रार्थनालाई हुर्काइन्छ अनि मजबुत पारिन्छ
. एम. बाउन्स, अधिवक्ता, लेखकसाथै अगुवा 

प्रार्थना परमेश्वरसित गरिने बातचित हो यसलाई कानेखुसी गरेर वा लयमा वा लेखेर व्यक्त गर्न सकिन्छ ... यसलाई जसरी व्यक्त गरिए तापनि यो कहिल्यै व्यर्थमा जाँदैन
डोन्ना विल्क कार्डिलो, वक्तासाथै अगुवा

प्रार्थनाको लागि जिब्रोभन्दा ह्दयको बेसी खाँचो पर्दछ
आदम क्लार्क, ईश्वरशास्त्रीसाथै बाइबलीय विद्वान् 

जब प्रार्थनाहरू माथि जान्छन् तब आशिष्हरू तल झर्छन्
अज्ञात

सम्भवत: “हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्भन्ने वाक्य अङ्ग्रेजी भाषामा सबैभन्दा सिद्ध रूपमा रचित सबैभन्दा उपयोगी वाक्य हो
पी. जे. विङ्गेट, लेखक

सङ्कष्ट उल्झनले मलाई प्रार्थनामा लैजान्छन् प्रार्थनाले सङ्कष्ट उल्झनलाई हटाउँछ
फिलिप मेलाङ्थेन, सुधारवादी, ईश्वरशास्त्रीसाथै प्राध्यापक

नियमित प्रार्थनाको मूल्य भनेको उहाँले हाम्रो आवाजलाई सुन्नुहुनेछ भन्ने होइन तर हामीले उहाँको आवाजलाई सुन्छौँ भन्ने हो
विलियम म्याकगिल

हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन
ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै शिक्षक

प्रभुको प्रार्थनालाई छिट्टै कण्ठस्थ गर्न सकिन्छ होला तर ह्दयले यसलाई बिस्तारै सिक्दछ
फ्रेडरिक डेन्सन माउरिस, ईश्वरशास्त्री, लेखकसाथै समाजशास्त्री

Leave Your Comments Here.