१. मृत सागरका
मुट्ठाहरू
ख्रीष्टाब्द
१९४७–१९५६ सम्ममा
मृत सागरको उत्तर–पश्चिमपट्टि अवस्थित एघार
ओटा गुफाहरूमा पत्ता
लगाइएका झण्डै ९८१ ओटा
पाण्डुलिपिका टुक्राहरूको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू
भनेर चिनिन्छ ।
धेरैले यसलाई बिसौँ शताब्दीकै
सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका
छन् । यहूदी
धर्म र ख्रीष्टियमतबारे
भएको हाम्रो ज्ञानलाई
यस आविष्कारले औधी
वृद्धि गरेको छ । एस्तरको पुस्तकबाहेक पुरानो
करारको प्रत्येक पुस्तकको टुक्रा
फेला पारिएको छ
। (थप जानकारीको
लागि यस लिङ्कमा
जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/06/blog-post_30.html)
२. एब्ला शिलालेखहरू
माटोले बनेका १,८००
ओटा पत्रहरू, ४,७०० टुक्राहरू
र अन्य हजारौँ
स–साना चोइटाहरूको
सङ्ग्रहलाई दिइएको नाउँ हो,
एब्ला
शिलालेखहरू
। सिरियाको एब्ला
नाउँ गरेको प्राचीन
सहरमा यो खोज
पत्ता लागेको थियो
। उत्खननको क्रममा
इटालीका पुरातत्त्वविद् पावलो मत्तिया र
उनको दलले ख्रीष्टाब्द
१९७४–१९७५ मा
यी शिलालखेहरू फेला
पारेका हुन् ।
यी सबै माटोका
पत्रहरू २,५००–२,२५०
ख्रीष्टपूर्वको बिचमा रचना गरिएका
थिए । (थप
जानकारीको लागि यस
लिङ्कमा जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/08/blog-post_4.html)
३. “येशूको डुङ्गा”
ख्रीष्टाब्द
१९८६ को जनवरी
महिनामा इस्राएल देशको गालील
समुद्रको उत्तरी तटमा माटोमुनि
गडेर रहेको अवस्थामा
एउटा डुङ्गा फेला
पारियो । दुई
हप्ताभित्रै यो खबर
वनको डडेलोझैँ फैलियो
। स्थानीय अखबारहरूले
“येशूको डुङ्गा” फेला पारियो
भनी लेख्न थाले
। मोसे र
युबाल नाउँ गरेका
दाजु–भाइले यो
प्राचीन डुङ्गा पत्ता लगाएका
थिए । यो
डुङ्गा पहिलो शताब्दी ख्रीष्टपूर्व
र ख्रीष्टाब्दको बिचमा
प्रयोग गरिएको थियो जुन
समयमा येशू यस
धरतीमा मानव चोलामा
बाँच्नुभएको थियो ।
(थप जानकारीको लागि
यस लिङ्कमा जानुस्:
http://www.reasonstobelieve2014.blogspot.com/2015/01/blog-post_13.html)
४. याकूबको अस्थि
बाकस
ख्रीष्टाब्द
२००२ मा चुन
ढुङ्गाबाट निर्मित एउटा अस्थि
बाकस फेला पारिएको
उद्घोष गरियो । इस्राएलको
यरूशलेममा फेला पारिएको
उक्त अस्थि बाकसमा
प्राचीन आरमेइक भाषामा प्रस्ट
रूपमा लेखिएको थियो—
“याकूब, योसेफका पुत्र, येशूका
भाइ ।” पुरातत्त्वविद्हरू
विश्वास गर्छन् कि यो
खोज “ख्रीष्टियमतको इतिहासमा
तिन महत्त्वपूर्ण पात्रहरू—
येशू, याकूब र
योसेफ— को विषयमा
बताउने सबैभन्दा अगिल्लो पुरातात्त्विक
प्रमाण” हो ।
यो अस्थि बाकसमा
कुनै समयमा येशूका
भाइ याकूबका हड्डीहरू
हुन सक्ने अनुमान
तर्कसङ्गत नै छ
। (थप जानकारीको
लागि यस लिङ्कमा
जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/01/blog-post_27.html)
५. पत्रुसको घर
इटालीका पुरातत्त्वविद्हरूले कफर्नहुममा एउटा घर
फेला पारेका छन्
जहाँ येशू बस्नुभएको
हुन सक्छ ।
बाइबलीय विवरणअनुसार येशूले गालीलमा
सेवा गर्नुहुँदा उहाँ
पत्रुसको घरमा बस्नुभएको
थियो जुन घर
कफर्नहुममा परिचित सभाघर नजिकै
थियो । हालसम्म
उपलब्ध सबै साक्षीहरूको
आधारमा यो पत्रुसकै
घर भएको निष्कर्ष
निकालिएको छ ।
(थप जानकारीको लागि
यस लिङ्कमा जानुस्:
http://www.reasonstobelieve2014.blogspot.com/2015/02/blog-post_17.html)
६. पिलातसको शिलालेख
ख्रीष्टाब्द
१९६१ को जुन
महिनामा एउटा शिलालेख
फेला पारियो जसले
नयाँ करारको एउटा
महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ
। तिनको नाउँ
हो— पन्तियस पिलातस
। तिनले नै
येशूलाई क्रूसमा टाँग्ने आज्ञा
दिएका थिए ।
इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ
फ्रोभाको नेतृत्वमा गएको टोलीले
कैसरिया मरितिमा नामक प्राचीन
सहरमा यो शिलालेख
फेला पारेको हो
। (थप जानकारीको
लागि यस लिङ्कमा
जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/01/blog-post_20.html)
७. टेल दान
शिलालेख
आधुनिक इस्राएलको उत्तरपट्टि अवस्थित
टेल दान भन्ने
ठाउँमा पुरातत्त्वविद् अब्राहाम बिराम र
तिनको दलले उत्खनन
गर्ने क्रममा ख्रीष्टाब्द
१९९३–१९९४ मा
केही शिलालेखहरू फेला
पारे जसलाई समग्रमा
टेल
दान
शिलालेख
भनिन्छ । नवौँ
शताब्दी ख्रीष्टपूर्वमा रचना गरिएको
यस शिलालेखमा प्रस्ट
रूपमा “दाऊदको परिवार” र
“इस्राएलका राजा” भनी उल्लेख
गरिएको छ ।
दाऊदको नाउँ उल्लिखित
बाइबलभन्दा बाहिर फेला पारिएको
यो नै पहिलो
प्राचीन शिलालेख हो ।
(थप जानकारीको लागि
यस लिङ्कमा जानुस्:
http://www.reasonstobelieve2014.blogspot.com/2015/06/blog-post_52.html)
८. नाबोनिदसको सिलिन्डर
ख्रीष्टाब्द
१८५४ मा जे.
ई. टेलरले ऊर
भनिने बाइबलीय सहर
(आधुनिक इराकमा पर्ने) को
निरीक्षण गर्दा तिनले माटोले
बनेका चार ओटा
सिलिन्डर फेला पारे
। छैटौँ शताब्दी
ख्रीष्टपूर्वमा नाबोनिदसद्वारा यी सिलिन्डरहरूमा
लिखित कीलाक्षरी लेखनले
भवनहरूको पुनर्निर्माणसाथै इतिहासबारे चर्चा गर्छन्
। इतिहासकारहरूका लागि
सबैभन्दा चकित पार्ने
कुरो नाबोनिदसका जेठा
छोरा बेलसजरको उल्लेख
हो । बाइबलभन्दा
बाहिर राजा बेलसजरको
नाउँलाई उल्लेख गर्ने यो
नै पहिलो सन्दर्भ
हो । (थप
जानकारीको लागि यस
लिङ्कमा जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/08/blog-post_11.html)
९. क्रूसमा टाँग्न
प्रयोग
गरिएको
काँटी
ख्रीष्टाब्द
१९६८ मा पुरातत्त्वविद्
भि. जाफेरिसले यरूशलेमको
पश्चिममा अवस्थित केही चिहानहरू
फेला पारे जसमा
क्रूसारोहणबाट मरेको योहानान नाउँ
गरेको व्यक्तिका केही
हड्डीहरू पनि पाइए
। उसको हात
खुट्टा दुवैमा काँटी ठोकिएको
थियो । यस
खोजले असन्दिग्ध रूपमा
सुसमाचारीय विवरणहरूलाई पुष्टि गरेको
छ । (थप
जानकारीको लागि यस
लिङ्कमा जानुस्: http://www.reasonstobelieve2014.blogspot.com/2015/03/blog-post_3.html)
१०. सन्त यूहन्नाको
टुक्रा
ख्रीष्टाब्द
१९२० मा डा.
बी. पी. ग्रिनफेल
मिश्रमा यात्रा गर्ने क्रममा
तिनले इङ्गल्यान्डको म्यानचेस्टरस्थित
जोन
राइल्यान्ड्स
लाइब्रेरीको लागि
प्राचीन पपाइरसहरूको एउटा सङ्कलनलाई
किने । १९३४
मा आएर मात्रै
कोलिन एच. रोबर्टसले
उक्त लाइब्रेरीमा राखिएको
पपाइरसको एउटा टुक्रालाई
अध्ययन गरी त्यसलाई
अनुवाद गरेपछि त्यसको ऐतिहासिक
महत्त्व सतहमा देखा आयो
। राइल्यान्ड्स लाइब्रेरी
पपाइरस
पी५२
अर्थात् सन्त यूहन्नाको
टुक्रा
नाउँ दिइएको उक्त पपाइरसको
अंशलाई ख्रीष्टाब्द १२५–१५०
को बिचमा तयार
पारिएको थियो भनी
अधिकांश बाइबल विद्वान्हरू सहमत
छन् । हालसम्म
पत्ता लागेको यो
नै नयाँ करारको
प्राचीनतम पाण्डुलिपि हो ।
(थप जानकारीको लागि
यस लिङ्कमा जानुस्:
http://www.reasonstobelieve2014.blogspot.com/2015/10/blog-post_27.html)