menu bar

Tuesday, December 29, 2015

ख्रीष्टियान दार्शनिकका तर्कहरूबाट प्रभावित भई डन नास्तिकबाट डिकन बने



९० भन्दा बेसी पुस्तकका लेखक, सहलेखकसाथै सम्पादक नर्मन गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री हुन्

एक जना सहकर्मीलाई लिएर तिनी सुसमाचार प्रचारको लागि एउटा घरमा पुगे तिनले ढोका ढकढक्याए

ढोका खोल्दै एक जना मानिसले भने, “मेरो नाउँ डन हो

डनबाट अनुमति पाएपछि गेइस्लरले ईई (इभान्जलिज्म एक्सप्लोजन) मा प्रयोग गरिने दोस्रो परीक्षणात्मक प्रश्न सोधे, “मानौँ, तपाईंको मृत्यु भयो तपाईं परमेश्वरको सामु खडा हुनुभयो अनि उहाँले तपाईंलाई सोध्नुभयो, ‘ तिमीलाई मेरो स्वर्गमा किन प्रवेश दिऊँ ?’ तपाईं के भन्नुहुन्थ्यो होला ?”

त्यस्तो प्रश्न सुनेर डन झोँक्किए नर्मनले मनमनै प्रार्थना गरे तिनीहरूबिचको वार्तालाप अगाडि बढ्दै गयो अनि डनले आफू नास्तिक भएको जानकारी गराए

नर्मनले डनलाई सोधे, “परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्ने कुरोमा के तपाईं पूर्णत: निश्चित हुनुहुन्छ ?”

एकछिन रोकिएर तिनले जवाफ दिए, “ पूर्णत: निश्चित छैनँ परमेश्वर अस्तित्वमा हुन पनि सक्नुहुन्छ

त्यसपछि दार्शनिक नर्मनले व्याख्या गरे, “त्यसो भए तपाईं वास्तवमा नास्तिक हुनुहुन्न तपाईं अज्ञेयवादी हुनुहुन्छ किनकि नास्तिकले भन्छ, ‘परमेश्वर हुनुहुन्न भनी मलाई थाहा अज्ञेयवादीले भन्छ, ‘परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी मलाई थाहा छैनँ ’”

नर्मनको व्याख्यालाई बुझेपछि डनले आफू अज्ञेयवादी भएको स्वीकार गरे तर नर्मन तिनलाई सत्यतालाई जान्न सकिन्छ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी वैज्ञानिक साक्षीहरू देखाउन चाहन्थे त्यसैले तिनले डनलाई सोधे, “अहिले तपाईंले जान्न सकिन्छ भनी स्वीकार गर्नुभएकोले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी तपाईं किन जान्न सक्नुहुन्न ?”

डनको जवाफ थियो, “सायद, कसैले मलाई कुनै साक्षी देखाएको छैनँ

डन जान्न इच्छुक थिए त्यसैले नर्मनले तिनको हातमा फ्रयाङ्क मोरिसनद्वारा लिखित पुस्तक हु मुभ्ड स्टोन ? नामक पुस्तक दिए

केही समय बितेपछि नर्मन डनलाई भेट्न गए मोरिसनद्वारा प्रस्तुत तर्कलाई डनलेज्यादै विश्वसनीयभने केही हप्ता बितेपछि डनले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरे पछि तिनी एउटा मण्डलीको डिकन बने



Leave Your Comments Here.