दर्शनशास्त्रमा
विद्यावारिधि गर्ने पतिको उत्कट
चाहना थियो ।
बेलुका
खाना खाने बेलामा
पत्नीको प्रश्नको जवाफमा पतिचाहिँले
भने, “म इङ्गल्यान्ड
गएर जोन हिकको
अधीनमा विद्यावारिधि गर्न चाहन्छु
।”
“को
हुन् तिनी ?” पत्नीले
सोधिन् ।
“तिनी
प्रसिद्ध ब्रिटिस दार्शनिक हुन्
जसले परमेश्वरको अस्तित्वको
पक्षमा पेस गरिने
तर्कहरूको बारेमा बृहत् मात्रामा
लेखेका छन् ।”
अर्को
दिन साँझमा जोन
हिकको ठेगाना भएको
एउटा पेपर पत्नीले
पतिको हातमा थमाइदिइन्
र भनिन्, “म
आज लाइब्रेरी गएको
थिएँ र तिनी
इङ्गल्यान्डको बर्मिङ्गहाम विश्वविद्यालयमा छन्
भन्ने पत्ता लगाएँ
मैले ।”
पत्नीको
आग्रहमा पतिले प्राध्यापक हिकलाई
एउटा चिठी लेखे
र हिकबाट पतिले
सकारात्मक जवाफ पाए
अर्थात् हिक तिनको
विद्यावारिधिको काममा सहायता गर्न
तत्पर रहे ।
सबै
कुरा मिल्दै गइरहेका
थिए । तर
इङ्गल्यान्डमा गएर पढ्नको
लागि सबै रुपियाँ–पैसा पहिले
नै जुटाइएको हुनुपथ्र्यो
। ती दम्पत्ति
अमेरिकाका बासिन्दाहरू भए तापनि
तिनीहरूसँग पर्याप्त पैसा थिएन
।
तर
तिनीहरूलाई लागिरहेको थियो कि
विद्यावारिधिको निम्ति परमेश्वरले तिनीहरूलाई
इङ्गल्यान्डमा नै डाकिरहनुभएको
थियो । त्यस
बेला विदेशी विद्यार्थीहरूका
लागि कुनै छात्रवृत्तिको
योजना थिएन ।
तिनीहरूसित हातमा पैसा हुनैपथ्र्यो
। त्यसैले, हरेक
बिहान र बेलुका
पति पत्नीले रकम
जुटाइयोस् भनी प्रार्थना
गर्न थाले ।
एक
जना गैरख्रीष्टियान व्यापारीसित
तिनीहरूले भेटघाट गरे जसलाई
तिनीहरूले आफ्नो बोलावटको बारेमा
खुलेर बताए ।
अचम्मै भयो ! ती गैरख्रीष्टियान
व्यापारीले बर्मिङ्गहामको विश्वविद्यालयमा जोन हिकको
अधीनमा रहेर विद्यावारिधि
गर्दा लाग्ने सबै
खर्च दिए ।
त्यो पैसा ऋणको
रूपमा थिएन तर
सित्तैँमा दिइएको थियो ।
के यो परमेश्वरको
प्रबन्धको ज्वलन्त उदाहरण होइन
र ?
पतिले
आफ्नो अध्ययन पुरा
गरे । तिनको
नाउँ हो— विलियम
लेन क्रेग ।
तिनी ख्रीष्टियान रक्षाशास्त्री,
ईश्वरशास्त्रीसाथै दार्शनिक हुन् ।
तिनी वर्तमान समयको
सर्वाधिक महान् रक्षाशास्त्री हुन्
भन्दा फरक पर्दैन
। तिनले तिस
ओटाभन्दा बेसी पुस्तकहरू
लेख्नुकासाथै सम्पादन गरेका छन्
।