menu bar

Thursday, December 3, 2015

औधी प्रतीक्षित वादविवाद प्रतियोगितामा नतिजा ख्रीष्टियानको पक्षमा आयो



मण्डलीले एउटा वादविवाद प्रतियोगिता आयोजना गर्यो यसमा संसारकै सुविख्यात ख्रीष्टियान रक्षाशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग नामुद नास्तिक फ्रयाङ्क जिन्डलरले भाग लिएका थिए यी दुई महान् प्रतिस्पर्धीबिचको वादविवादलाई ११७ ओटा स्टेसनले प्रत्यक्ष प्रसारण गरेको थियो

मण्डलीको प्राङ्गणमा मानिसहरूको भिड लागेको थियो मण्डलीका द्वारहरू खोल्नेबित्तिकै मानिसहरू आफ्ना सिटमा गएर बसे त्यहाँ ,७७८ जना मानिसहरू उपस्थित थिए

क्रेगले परमेश्वर ख्रीष्टियमतको पक्षमा पाँच ओटा शक्तिशाली तर्कहरू पेस गरे:

() विश्व (युनिभर्स) को आरम्भले स्पष्ट रूपमा सृष्टिकर्तालाई अङ्कित गर्दछ (आरम्भ भएको हरेक कुरोको लागि कारण हुनैपर्छ; विश्व एउटा निश्चित बिन्दुमा आरम्भ भयो; त्यसैले यसको अस्तित्वको पछाडि कारण हुनैपर्छ )

() व्यवस्थित वस्तु आफै अस्तित्वमा आउन सक्दैन विश्व व्यवस्थित त्यसैले, यसले एउटा बुद्धिमान् रचनाकारको अपेक्षा गर्दछ

() हाम्रा वस्तुगत नैतिक मूल्यमान्यताहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने प्रस्ट साक्षी हुन् किनभने उहाँले मात्रै ठिक बेठिकको विश्वव्यापी मापदण्डलाई स्थापित गर्न सक्नुहुन्छ

() रित्तो चिहान, प्रत्यदर्शीका विवरणहरू ख्रीष्टियान विश्वासको उदयले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा स्थापित गर्छन् येशूको पुनरुत्थान उहाँ परमेश्वर हुनुहुन्छ भन्ने दरिलो प्रमाण हो

() परमेश्वरलाई तुरुन्तै जान्न सकिन्छ उहाँलाई खोज्नेहरूले उहाँलाई पाउन सक्छन्

क्रेगको प्रस्तुतीकरण वजनदार थियो तर जिन्डलरले नास्तिकवादको पक्षमा आफ्नो हठलाई मात्र प्रस्तुत गर्न सके जीवशास्त्रीय विकासवादले ख्रीष्टियमतलाई घुँडा टेकाएको भन्ने तिनको आरोप थियो येशू वास्तवमै बाँच्नुभएको थियो भन्नाका लागि कुनै विश्वसनीय साक्षी छैन भन्ने तिनको फितलो तर्क रहेको थियो दुष्टयाइँको अस्तित्वले परमेश्वरको विरुद्धमा तर्क गर्छ भन्ने तिनको दाबी रहेको थियो

तर स्रोतागणलाई नै छक्क पार्दै क्रेगले जिन्डलरका तर्कहरूलाई तिनकै विरुद्धमा प्रयोग गरे यदि विकासवाद घटेकै थियो भने पनि त्यसलाई आश्चर्यकर्म मान्नुपर्छ जुन परमेश्वरको अस्तित्वको लागि थप साक्षी हो किनभने परमेश्वरविना आश्चर्यकर्म हुन सक्दैन

क्रेगको तर्क थियो कि दुष्टयाइँको अस्तित्वले वास्तवमा नै परमेश्वरको अस्तित्वलाई देखाउँछ किनकि परमेश्वरविना कुनै पनि कुरालाई दुष्ट भन्ने कुनै नैतिक धरातल हुँदैन

दुई घण्टा लम्बिएको यस वादविवादको अन्त्यमा स्रोतागणले आफ्ना मूल्याङ्कनलाई व्यक्त गरे त्यहाँ उपस्थित भएकाहरूमध्ये ८२% नास्तिक, अज्ञेयवादी गैरख्रीष्टियानहरूले निष्कर्ष निकाले कि ख्रीष्टियमतको पक्षमा प्रस्तुत साक्षी अति नै प्रबल थियो विस्मयकारी कुरो के थियो भने एकातिर ४७ जनाले प्रभु येशूमाथि विश्वास गरे भने अर्कोतिर कसैले पनि नास्तिकवादलाई अङ्गालेन             


(नोट: यो विलियम लेन क्रेगद्वारा लिखित पुस्तक अन गार्डमा लि स्ट्रोबेलद्वारा प्रस्तुत प्रस्तावनाबाट सम्पादित लेखांश हो)   

Leave Your Comments Here.