menu bar

Sunday, December 13, 2015

विमानका आविष्कारक राइट दाजुभाइले यसरी ख्रीष्टमसको अपेक्षा गरेका थिए



दुनियाँले चिनेका दाजुभाइ हुन्, राइट दाजुभाइ विल्बर ओर्भिल क्रमश: दाजु भाइ थिए यी राइट दाजुभाइले संसारलाई यस्तो अनुपम उपहार दिएर गए जसको प्रयोगद्वारा आज हामी सजिलैसित चराझैँ आकाशमा उड्न सफल भएका छौँ एउटा देशदेखि अर्को देशमा जान हामीले महिनौँ बिताउनु पर्दैन केही घण्टाभित्रमा नै हामी आफ्नो गन्तव्यमा पुग्न सक्छौँ

यी राइट दाजुभाइ विमान आविष्कारक हुन् अमेरिकाका यी दाजुभाइले नै पहिलो सफल विमानको आविष्कार गरेका थिए १७ डिसेम्बर १९०३ मा हावाभन्दा गरुङ्गो वस्तुलाई यिनीहरूले पहिलो पटक आकाशमा उडाएका थिए जसलाई यिनीहरूले नियन्त्रण गर्न सक्थे

आफ्नो सफलतादेखि खुसीले गद्गद् भएका दाजुभाइले तिनीहरूकी दिदी क्याथरिनलाई तिनीहरूले यस्तो सन्देश पठाए, “हामी वास्तवमै १२० फिटसम्म उडेका छौँ हामी ख्रीष्टमसको लागि घरमा आउनेछौँ ” 

क्याथरिन हतारसँग स्थानीय अखबारको सम्पादककहाँ पुगिन् उनले आफूले भाइहरूबाट पाएको सन्देश देखाइन् सम्पादकले त्यसलाई सरसरती हेरेर प्रतिक्रिया दिए, “कति खुसीको कुरो ! केटाहरू ख्रीष्टमसको लागि घर आइपुग्ने भएछन् राइट दाजुभाइले दिन खोजेको अद्भूत खबर (आकाशमा उड्नु) लाई सम्पादकले पूर्णत: गुमाएका थिए  

तथापि त्यस्तो अद्भूत सफलता हात पार्दाको क्षणमा पनि राइट दाजुभाइले ख्रीष्टमसको अपेक्षा भने गरिरहेका थिए    

Leave Your Comments Here.