पलिश्तीहरूले
इस्राएलीहरूलाई पराजित गरी परमप्रभुको
सन्दूकलाई आफ्नै इलाकामा ल्याएका
थिए । परिणामत:
तिनीहरूका बिचमा विभिन्न किसिमका
विपत्तिहरू आइपरे । त्यसैले
तिनीहरूले करारको सन्दूकलाई इस्राएलीहरूकै
भूमिमा फर्काइदिन चाहे ।
दुई ओटा गाईद्वारा
नारिएको गाडामाथि तिनीहरूले सन्दूकलाई
राखे । चालकविनाको
त्यस गाडालाई तिनीहरूले
जान दिए र
गाडा बेथ–शेमेशमा
आइपुगे । “तर
परमप्रभुले बेथ–शेमेशका
केही मानिसहरूमध्ये सत्तरी
जनालाई मार्नुभयो, किनभने तिनीहरूले
परमप्रभुको सन्दूकभित्र हेरेका थिए”
(१ शमूएल ६:१९) ।
के
सन्दूकभित्र हेरेकै कारणले गर्दा
परमेश्वरले यति भयानक
दण्ड ल्याउनु अनौठो
कुरो होइन र
?
जब
हामी पुरानो करारमा
परमप्रभुको सन्दूक र यसको
महत्त्वबारे बुझ्दछौँ हामीलाई तिनीहरूमाथि
आइपरेको परमेश्वरको डरलाग्दो न्याय
अनौठो लाग्दैन ।
बेथ–शेमेशका मानिसहरूका
अपराध पनि डरलाग्दो
नै भएकाले तिनीहरूमाथि
डरलाग्दो न्याय आइपरेको हो
।
परमप्रभुको
सन्दूक अर्थात् करारको सन्दूक
परमेश्वरको उपस्थितिको प्रतीक थियो
। यसलाई पवित्र
वासस्थानको महापवित्रस्थानमा राखिन्थ्यो । परमेश्वरको
पवित्रता र मानिसको
पापमय अवस्थाको कारणले
गर्दा करारको सन्दूकलाई
सम्हाल्ने विषयमा परमेश्वरले इस्राएलीहरूलाई
विभिन्न नियमहरू दिनुभएको थियो
(प्रस्थान २५:१०–२२; २६:३२–३४;
३७:१–९)
। यी नियमहरूले
परमेश्वरको पवित्रतालाई जोड दिन्थे
जहाँ पापी मानिसको
उपस्थिति हुन सक्दैनथ्यो
। सन्दूकलाई खोलेर
हेर्नु त धेरै
परको कुरो यसलाई
छुन पनि निषेध
गरिएको थियो (गन्ती ४:१५) ।
करारको सन्दूकसम्बन्धी यी आज्ञाहरूको
उल्लङ्घनले मृत्यु लिएर आउँथ्यो
। बेथ–शेमेशका
मानिसहरूले जानाजानी परमेश्वरको इच्छाको
विरुद्धमा पाप गरेकाले
तिनीहरूमा यो भयानक
दण्ड आइपरेको थियो
।