हेलेन
केलर एउटा यस्तो
नाउँ हो जुन
नाउँमा असाधारण प्रेरणा मिल्छ
। उनी जन्मँदा
नै दृष्टिविहीन र
बैरी थिइन् ।
तर आफ्नो शारीरिक
दुर्बलताको बाबजुत पनि उनले
इतिहासमा आफ्नो नाउँ लेखाएर
गएकी छन् ।
उनी दुर्बलहरूका लागि
मात्र नभएर सबलहरूका
लागि पनि प्रेरक
व्यक्तित्व हुन् ।
कोसिस गरे सम्भव
छ भन्ने सत्यताको
लागि उनी गहकिलो
नमुना हुन् ।
२७
जुन १८८० मा
अमेरिकामा जन्मेका हेलेन केलर
लेखक, राजनीतिक अभियन्तासाथै
वक्ता थिइन् ।
दृष्टिविहीन र बैरी
भएर स्नातक गर्ने
उनी पहिलो व्यक्ति
हुन् । उनको
जन्म दिनको सम्मान
स्वरूप अमेरिकाको पेन्सलभेनिया प्रान्तमा
२७ जुनको दिनलाई
हेलेन
केलर
दिवसको रूपमा
मनाइन्छ । मनग्गे
लेख रचनाहरूका अतिरिक्त
उनका दर्जन जति
कृतिहरू छापिएका छन् ।
येशू
ख्रीष्टमा मुक्ति पाइन्छ भन्ने
बाइबलीय सत्यताको व्याख्या गर्न
केलरलाई एक जना
ख्रीष्टियान अगुवाकहाँ ल्याइयो ।
ती सेवकले सामान्य
भाषाको प्रयोग गरी उनलाई
येशूको सुसमाचारको बारेमा बताए
। उनले सुसमाचार
सुनिरहँदा उनको मुहार
चम्केको थियो ।
त्यसपछि उनले यी
शब्दहरू लेखेर प्रचारकको हातमा
थमाइदिइन्, “त्यस्तो कोही हुनुपथ्र्यो
भनी मलाई सधैँ
नै थाहा थियो
तर मलाई उहाँको
नाउँ भने थाहा
थिएन ।”