menu bar

Tuesday, December 15, 2015

येशूको जन्ममा पुरा भएका १० ओटा भविष्यवाणीहरू



ख्रीष्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ संसारका ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका अरबौँ मानिसहरूद्वारा मनाइने महानतम पर्व हो ख्रीष्टमस

ख्रीष्टियान धर्मशास्त्र बाइबल येशूको जन्मको वास्तविक मितिबारे मौन रहे तापनि कम से कम दुई ओटा सुसमाचारले येशूको जन्मको विषयमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् आजभन्दा लगभग दुई हजार वर्षअगि येशू यस धरतीमा जन्मनुभएको थियो उहाँको जन्म संयोग थिएन उहाँको जन्ममा पुरानो करारमा अभिलिखित मसीहसम्बन्धी मनग्गे भविष्यवाणीहरू पुरा भएका छन् यहाँ हामी उहाँको जन्ममा पुरा भएका दस ओटा भविष्यवाणीहरूलाई सरसरती ध्यान हेर्नेछौँ   
    
. उहाँ कन्याबाट जन्मनुहुनेथियो
इम्मानुएल (अर्थ: परमेश्वर हामीहरूसित) नाउँ गरेको व्यक्ति आउनुहुनेथियो भनी येशूको जन्मभन्दा ७०० वर्षअगि यशैया अगमवक्ताले भविष्यवाणी गरे, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ हेर, कन्याले गर्भधारण गर्नेछिन्, तिनले एउटा पुत्र जन्माउनेछिन्, उहाँको नाउँ इम्मानुएल राखिनेछ” (:१४) मसीहसम्बन्धी यो असाधारण भविष्यवाणी येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभई कन्या मरियमबाट जन्मनुहुँदा पुरा भयो भनी मत्तीले उल्लेख गरेका छन् (:२२२३)

मरियमको योसेफसित मगनी भएको थियो बिहेअगि नै मरियमले पवित्र आत्माको शक्तिद्वारा गर्भधारण गरिन् स्वर्गदूतमार्फत योसेफले यो कुरो थाहा पाएपछि तिनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे तर बालक येशूको जन्म नहुञ्जेलसम्म तिनीहरूको बिचमा सहवास भएन यसरी कन्यबाट मसीहको जन्म हुनेथियो भन्ने शताब्दीऔँ पहिलेको भविष्यवाणी येशू कन्या मरियमबाट जन्मनुहुँदा पुरा भयो  

. उहाँ अब्राहामको सन्तान हुनुहुनेथियो
लगभग ,८०० ख्रीष्टपूर्वतिर परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभयो, “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्” (उत्पत्ति २२:१८) नयाँ करारअनुसार येशू अब्राहामकै सन्तान हुनुहुन्छ, “प्रतिज्ञाहरू अब्राहाम उनको सन्तानलाई दिइएका थिए धर्मशास्त्रलेसन्तानहरूलाईभन्दैन, यसले धेरै मानिसहरूको सङ्केत दिन्छ तर धर्मशास्त्रलेतिम्रो सन्तानलाईभन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ” (गलाती :१६)

बाइबल धर्मशास्त्रमा अब्राहामका चार किसिमका सन्तानको बारेमा चर्चा गरिएको

() प्राकृतिक सन्तान: अब्राहामबाट जन्मेका सबै सन्तानहरू (उत्पत्ति १२:,)  
() प्राकृतिकआत्मिक सन्तान: अब्राहामबाट जन्मेका तर केवल विश्वास गर्नेहरू (रोमी :,; गलाती :१६)
() आत्मिक सन्तान: अब्राहामबाट नजन्मेका तर विश्वास गर्नेहरू (गलाती :,२९)  
() आखिरी सन्तान: येशू ख्रीष्ट आखिरी सन्तान हुनुहुन्छ (गलाती :१६)

येशू ख्रीष्ट जो अब्राहामका आखिरी सन्तान हुनुहुन्छ उहाँद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउँछन् क्षमा, शान्ति, मिलापसाथै अनन्त जीवनजस्ता आत्मिक आशिष्हरू येशूद्वारा नै आउँछन्

. उहाँ इसहाकको पुत्र हुनुहुनेथियो
अब्राहामका दुई छोराहरू थिएइसहाक इश्माएल इसहाकबाट मसीहको आगमन हुनेथियो भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो, “इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ” (उत्पत्ति २१:१२) येशू इसहाकद्वारा नै आउनुभयो (लूका :२३, ३४)

. उहाँ याकूबको छोरो हुनुहुनेथियो
इसहाकका दुई छोराहरू थिएएसाव याकूब तर एसावबाट नभई याकूबबाट मसीहको आगमन हुनेथियो भनी पुरानो करारले अपेक्षा गर्यो, “याकूबबाट एउटा तारा आउनेछ, इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ” (गन्ती २४:१७) येशू याकूबको वंशमा नै जन्मनुभयो (लूका :२३, ३४)

. उहाँ यहूदाको कुलबाट आउनुहुनेथियो
यहूदा याकूबका १२ जना छोरामध्ये चौथा थिए बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुनेथियो, “यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्” (उत्पत्ति ४९:१०) नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (लूका :२३, ३३३४) यसरी ,७०० वर्षअगि याकूबले मर्ने बेलामा गरेको भविष्यवाणी येशूको जन्ममा पुरा भयो  

. उहाँ यिशैको घरानामा जन्मनुहुनेथियो
यिशै इस्राएलका महानतम राजा दाऊदका पिता थिए यशैया ११: मा लेखिएको , “यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ ... त्यो टुसा अरू कोही नभएर येशू हुनुहुन्थ्यो (लूका :२३, ३२)

. उहाँ दाऊदको वंशमा जन्मनुहुनेथियो
दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्षसम्म राज्य गरे मसीहको जन्म तिनकै वंशमा हुनेथियो भनी भविष्यवाणी गरियो, “हेर, यस्ता दिन आउँदैछन्, जब दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एकजना राजा जसले बुद्धिसित राज गर्नेछन्, जे उचित ठीक त्यही तिनले देशमा गर्नेछन्” (यर्मिया २३: येशू दाऊदकै सन्तान भएर जन्मनुभयो नयाँ करारमा उहाँलाई बारम्बारदाऊदका पुत्र” (मत्ती :; २१:; २२:४२४५) भनिएको  
 
. उहाँ बेथलेहेममा जन्मनुहुनेथियो
येशूको जन्मभन्दा झण्डै ७०० वर्ष अगाडि मीका नाम गरेका अगमवक्ताले मसीहको जन्म स्थलको ठोकुवा गरे, “तर बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै ” (:) येशूको जन्म वरिपरिका परिवेशहरूलाई नियाल्दा यहूदाको बेथलेहेममा नै येशूको जन्म भएको यथार्थता (मत्ती :) ले एउटा सन्देहवादीलाई छक्क पार्नुपर्छ

. उहाँलाई भेटी चढाइनेथियो  
भजनसंग्रह ७२:१० मा लेखिएको , “तर्शीश टाढाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्याउनेछन्, शेबा सेबाका राजाहरूले उनलाई भेटी चढाउनेछन् पूर्वबाट आएका ज्योतिषीहरू अर्थात् बुद्धिमान् मानिसहरूले बालक येशूलाई भेटी चढाउँदा यो भविष्यवाणी पुरा भएको थियो, “अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, घोप्टो परेर उहाँलाई दण्डवत् गरे तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप मूर्रका भेटी चढाए” (मत्ती :११)

यो खण्ड ऐतिहासिक रूपमा संयुक्त इस्राएल राज्यका तृतिय राजा सोलोमनको लागि लागु भए तापनि यो मसीहको लागि पनि लागुहुनेथियो जुन विषयमा भजनसंग्रह ७२:१२१५ मा वर्णन गरिएको   

१०. बालकहरूको हत्या गरिनेथियो
यर्मिया अगमवक्ताले लेखे, “रामामा एउटा शब्द सुनियो, विलाप चर्को रोदन, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना त्यसले इन्कार गरी, किनकि त्यसका बालकहरू अब रहेनन्” (यर्मिया ३१:१५) हेरोद राजाले बेथलेहेम त्यस वरिपरि क्षेत्रका दुई वर्ष त्यसमुनिका सबै बालकहरूको हत्या गर्दा यर्मियाको भविष्यवाणी पुरा भएको थियो भनी मत्तीले अभिलिखित गरेका छन् (मत्ती :१६१८)

ऐतिहासिक रूपमा यर्मियाको भनाइ बेबिलोनी निर्वासनको समय (५८६ ख्रीष्टपूर्व) मा बालबालिकाहरूको मृत्युको कारणले राज्यले गरेको विलापसित सम्बन्धित तर इतिहासकै जस्तो घटना यहाँ पनि दोहोरिएको अर्थात् गैरयहूदीको हातबाट बालकहरू मारिए यसो हुँदा भविष्यवाणी पुरा भयो  

यी येशूको जन्ममा पुरा भएका केवल १० ओटा भविष्यवाणीहरू हुन् उहाँको पुरै जीवन अवधिभर ३०० ओटाभन्दा बेसी सन्दर्भहरू भविष्यवाणीहरू पुरा भएका छन् भनी बाइबल विद्वान्हरूले गणना गरेका छन् संसारको प्राचीनसाथै आधुनिक अन्य कुनै पनि धार्मिक, राजनीतिकसाथै सामाजिक अगुवाहरूको विषयमा तिनीहरूको जन्मभन्दा सयौँ वर्षअगि भविष्यवाणी गरिएको समय आएपछि तिनीहरूको जीवनमा एकएक गरेर ती पुरा भएको अभिलेख छैन । यस अर्थमा येशू अद्वितीय हुनुहुन्छ उहाँको उद्भव यस पृथ्वीको सीमानाभन्दा पर भनेर पनि पुरा भएका यी भविष्यवाणीहरूले पुष्टि गर्छन्        


  

Leave Your Comments Here.