ख्रीष्टाब्द
१८२९ मा जर्ज
विलसन र जेम्स
पोर्टर नाउँ गरेका
दुई जना मानिसले
अमेरिकाको एक जना
हुलाकीलाई लुटे ।
पछि तिनीहरू पक्राउमा
परे र मे
१८३० मा तिनीहरू
दुवै दोषी ठहरिए
। जुलाई २
मा तिनीहरूलाई मृत्युदण्ड
दिइने घोषणा गरियो
।
तोकिएकै
समयमा जेम्सलाई मृत्युदण्ड
दिइयो तर विलसनलाई
भने दिइएन ।
केही प्रभावशाली व्यक्तिहरूले
तिनको पक्षमा तात्कालीन
अमेरिकी राष्ट्रपति आन्द्रु ज्याकसनसित बिन्ती चढाएका
थिए ।
राष्ट्रपतिले
विलसनलाई क्षमा दिए र
तिनलाई केवल २०
वर्षको जेल सजाय
तोकियो । तर
विलसनले क्षमालाई स्वीकार गर्न
मानेनन् । त्यो
विषय सर्वोच्च अदालतमा
पुग्यो । प्रधान
न्यायाधीश जोन मार्सलले
फैसला सुनाए, “क्षमा
अनुग्रहको एउटा काम
हो । ... तर
स्वीकारविना त्यसले पूर्णता पाएको
हुँदैन । जसलाई
यो दिइएको छ
उसले यो इन्कार
गर्न पनि सक्छ
। ... उसले जबरजस्ती
स्वीकार गर्नुपर्छ भन्ने शक्ति
अदालतसित हुँदैन ।”
निस्सन्देह,
प्रधान न्यायाधीशको फैसला मुनासिब
नै थियो ।
कसैले पनि क्षमालाई
जबरजस्ती लाद्न सक्दैन ।
व्यक्तिले यसलाई स्वीकार गर्न
पनि सक्छ र
इन्कार गर्न पनि
। विलसनले त्यस
क्षमालाई ग्रहण गर्न इन्कार
गरेकाले तिनलाई मृत्युदण्ड दिइयो
।
२,००० वर्षअगि
कलवरीको क्रूसमा येशूले मानव–जातिको पापको लागि
क्षमाको हात फैलाउनुभयो
। विलसनको मुद्दामा
जस्तै त्यसलाई स्वीकार
गर्ने र इन्कार
गर्ने छनौट पापी
मानिसहरूको काँधमा छ । क्षमालाई स्वीकार गर्नेहरू
दण्डबाट बाँच्छन् भने इन्कार
गर्नेहरू त्यसमा पर्छन् ।