लूका
१५ अध्यायमा अभिलिखित
येशूका तिन ओटा
दृष्टान्तहरूमध्ये एउटा हो,
हराएको छोरोको दृष्टान्त ।
एक
जना मानिसलाई हराएको
छोरोको चित्र बनाउने जिम्मा
दिइयो । तिनी
आफ्नो काममा लागि
परे । तिनी
एउटा यस्तो चित्र
तयार पार्न चाहन्थे
जसले येशूले भन्नुभएको
दृष्टान्तलाई उचित तवरले
व्याख्या गरेको होस् ।
अन्तत:
आफ्नो सतत प्रयासपश्चात्
तिनले चित्रलाई पुरा
गरे र त्यसलाई
प्रदर्शन गरे ।
पिताको घरबाहिरको दृश्य देखाइएको
थियो जहाँ पिताले
आफ्ना हातहरू फैलाउँदै
छोरोलाई अङ्गालोमा लिन प्रतिक्षा
गर्दै थिए ।
जसले
तिनलाई चित्र बनाउने जिम्मा
दिएका थिए ती
मानिस चित्रदेखि निकै
खुसी भए ।
तिनले चित्रकारलाई तिनको
पारिश्रमिक दिनै लाग्दा
तिनले चित्रमा अकस्मात्
केही कुरो देखे
जसले तिनको ध्यान
खिँच्यो । चित्रमा
पिताले एउटा रातो
रङको जुत्ता र
अर्को निलो रङको
जुत्ता लगाएको प्रस्ट देखिन्थ्यो
। चित्रकारले कसरी
यस्तो ठुलो गल्ती
गर्न सक्छ ? तिनको
जिज्ञासा थियो ।
चित्रकारले
मुस्कुराउँदै जवाफ दिए,
“यस चित्रले आफ्ना
सन्तानको लागि परमेश्वरको
प्रेमलाई सुन्दर ढङ्गमा व्याख्या
गर्दछ ।”
छक्क
पर्दै ती मान्छेले
सोधे, “तपाईंको भनाइको मतलब
के हो ?”
त्यसपछि
चित्रकारले बयान गरे,
“चित्रमा आफ्नो छोरोलाई भेट
गर्न निस्कँदा पिताले
आफ्नो पोशाक वा
लवाइमा रुचि देखाएका
छैनन् । वास्तवमा
तिनी आफ्नो छोरोलाई
भेट्न यति हतारमा
थिए कि तिनले
नजिकै फेला पारेको
दुई ओटा जुत्ता
टिपे अनि त्यही
लगाए ।”