हामीलाई
आश्चर्य लाग्ला तर यो
साँचो हो कि
उन्नाइसौँ शताब्दीमा ब्रिटेनमा ख्रीष्टमसको
अभ्यास झण्डै हराएर गएको
थियो । द टाइम्स नामक ब्रिटिस
दैनिक अखबारले ख्रीष्टाब्द
१७९० देखि १८३५
सम्म एक पटक
पनि ख्रीष्टमसको उल्लेख
गरेन ।
तथापि
ख्रीष्टमसलाई पुन: प्रचलनमा
ल्याउन ब्रिटिस लेखक चाल्र्स
डिकेन्सले उल्लेखनीय भूमिका निर्वाह
गरे । तिनलाई
भिक्टोरिया
काल
(१८३७–१९०१) को
महानतम उपन्यासकारको रूपमा आदर गरिन्छ
। तिनी साहित्यिक
क्षेत्रका अनुपम स्रस्टा थिए
। तिनका उपन्यासहरू
र लघु कथाहरूले
लामो समयसम्म लोकप्रियता
कमाइरहे ।
१८४३
मा डिकेन्सले अ क्रिसमस क्यारोल
नामक पुस्तक लेखे
। यस पुस्तक
लेख्नुका विभिन्न कारणहरू थिए
। त्यस बेला
ब्रिटेनमा बेरोजगारी र अनिकाल
व्याप्त थिए ।
दसमध्ये एक जना
मानिस गरिब थियो
। उदारचित्तले काम
गर्न र दया
देखाउन तिनले सरकार र
धनी मानिसहरूलाई चुनौती
दिन चाहेका थिए
। त्यसैले, पुस्तकका
एक जना पात्र
(एबेनेजर स्क्रुजी) ले त्यस
चुनौतीलाई दृश्यमा ल्याएका छन्
।
वास्तवमा
यो पुस्तक यति
प्रभावशाली साबित भयो कि
यसले ब्रिटेनमा मर्न
लागेको ख्रीष्टमसमा सास हाल्ने
काम गरिदियो ।
यति मात्र होइन
उदारताको परम्परालाई पनि यसले
ब्युँतायो ।