तिनको
नाउँ हो, चिल
स्लोस्तोस्की । तिनी
यहूदी धर्मका रब्बी
थिए । रब्बी
भनेको तोराह (बाइबलका
अगिल्ला पाँच ओटा
पुस्तकहरू) का शिक्षक
हुन् । आफ्ना
कक्षाहरूमा तिनले ख्रीष्टियमत र
येशूलाई घृणा गर्न
विद्यार्थीहरूलाई निर्देशन दिन्थे ।
एक
दिनको कुरो हो
। तिनी हाइफाबाट
यरूशलेमतर्फ आफ्ना सहकर्मीहरूसँगै रेलबाट
यात्रा गर्दै थिए ।
तिनको डिब्बामा एक
जना ख्रीष्टियानले हिब्रू
भाषामा नयाँ करारको
बाइबललाई पढिरहेको देखे तिनले
। तिनले ती
पाठकको खरो आलोचना
गर्दा पनि तिनी
बेचैन नभएको देख्दा
रब्बी छक्क परे
।
बरु,
रब्बीलाई तिनको जवाफ थियो,
“सायद यस पुस्तकमा
तपाईंलाई आपत्ति लाग्ने कुनै
कुरो छ भने
तपाईंले मलाई देखाउन
सक्नुहुन्छ र म
त्यसलाई व्याख्या गर्ने कोसिस
गर्नेछु ।”
साथीहरूबाट
आफ्नो आदर गुम्छ
कि भन्ने डरले
तिनी सतही जवाफ
दिन चाहँदैनथ्ये ।
त्यसैले, रब्बीले भने, “हामीलाई
पढ्न निषेध गरिएको
पुस्तकमा म तपाईंलाई
कसरी गलत भनाइहरू
देखाउन सक्छु र ?”
ख्रीष्टियानको
उत्तर थियो, “जुन
विषयमा तपाईंलाई ज्ञानै छैन
त्यसबारे तपाईं कसरी आलोचना
गर्न सक्नुहुन्छ र
त्यसको न्याय गर्न सक्नुहुन्छ
? पहिले यस पुस्तकलाई
पढ्नुस् अनि आलोचना
गर्नुपर्ने त्यस्तो कुनै कुरो
तपाईंले यहाँ पाउनुहुनेछैन
।”
ती
ख्रीष्टियानबाट रब्बीले नयाँ करारको
एउटा प्रतिलाई लिएर
गए । तिनी
आफ्नो कोठामा गए
र वचनलाई पढ्न
थाले । तिनले
मत्तीको सुसमाचार पढे, त्यसपछि
मर्कूसको अनि लूकाको
सुसमाचार पढ्दै गए ।
बिहान तिन बजेसम्म
तिनले आफ्नो पढाइलाई
जारी राखे ।
पवित्र
आत्माले तिनलाई सम्पूर्ण सत्यतामा
डोर्याउँदै
हुनुहुन्थ्यो । पछि
तिनले स्वीकार गरे,
“मैले नयाँ करारमा
२०० भन्दा बेसी
खण्डहरू पाइसकेको छु जसले
येशू साँच्चै मसीह
हुनुहुन्छ भनी आशङ्का
गर्नै नसक्ने गरी
पुष्टि गर्छन् ।”
यसरी
परमेश्वरले पवित्र आत्मामार्फत यी
यहूदी रब्बीको आँखा
खोलिदिनुभयो अनि तिनी
ख्रीष्टका अनुयायी बने ।
तिनको साक्षीद्वारा धेरै
मानिसहरूले येशूलाई मुक्तिदाताको रूपमा
अङ्गालेका छन् ।